Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एलाक डीपी जिल्ला समन्वय समिति गठन

Published on: // ,
जनार्दन घिमिरे
गुल्मी, ८ फागुन । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालमा आवद्ध सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक डीपी परियोजनाको जिल्ला समन्वय समिति गठन गरिएको छ । परियोजना सञ्चालनमा सहजता ल्याउने उद्देश्यले सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेको अध्यक्षतामा ६ सदस्यीय एलाक डीपी जिल्ला समन्वय समिति गठन गरिएको हो । समितिमा जिल्ला प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारी विष्णुवहादुर घर्ति, जिल्ला विकास समितिवाट कार्यक्रम अधिकृत शंकरप्रसाद गौतम, उद्योग वाणिज्य संघवाट महासचिव कृष्णप्रसाद पोख्रेल तथा सुशासन अभियान गुल्मीवाट सह–सचिव पि.एम मगर सदस्य रहनुभएको छ । यसैगरी समितिको सदस्य सचिवमा एलाक डीपी परियोजनाकी कार्यक्रम अधिकृत हीरा कुँवर रहनुभएको छ ।
भ्रष्टाचार सम्वन्धि विभिन्न गुनासा तथा उजुरी समाधानका लागी समितिले समन्वयात्मक भूमिका निर्वाह गर्ने समितिका अध्यक्ष श्यामकुमार पाण्डेले वताउनुभयो । समन्वय समितिले एलाक डीपी परियोजना अन्तर्गत सरकारी कार्यालयसँग गरिने प्रतिवद्धता पत्रमा हस्ताक्षरको लागी सहयोग गर्ने परियोजनाकी कार्यक्रम अधिकृत कुँवरले वताउनुभयो । उहाँका अनुसार परियोजना अन्तर्गत सेवाग्राहीको गुनासोको आधारमा गरिने प्रतिवद्धता पत्रमा सरकारी कार्यालयको सेवा छिटोछरितो र पारदर्शी वनाउन सम्वन्धित कार्यालयका प्रमुखहरुले प्रतिवद्धतासहित हस्ताक्षर गर्ने छन् ।
गुल्मीमा सञ्चालित एलाक डीपी परियोजनाले सरकारी कार्यालय र सेवाग्राहीको विचमा पुलको काम गर्दै आवश्यक सरसल्लाह र कानूनी परामर्श दिँदै आएको छ । सरकारी कार्यालय वा सार्वजानिक संस्थानवाट प्राप्त सेवामा ढिलासुस्ती, अनियमितता, हैरानी तथा भ्रष्टाचार सम्वन्धि गुनासा भएमा ०७९–५२०८५४ वा तम्घास पुतलीवजारमा रहेको कार्यालयमा सम्पर्क गर्न परियोजनाले सवैलाई अनुरोध गरेको छ ।

चोरी गरेर फरार एक व्यक्ति १३ वर्षपछि कारागार चलान

जनार्दन घिमिरे
गुल्मी, २८ माघ । चोरीको मुद्दामा अदालतले फैसला सुनाएपछि गत १३ वर्ष अघिदेखि फरार वनेका गुल्मी हस्तिचौरका एक व्यक्ति कारागार चलान भएका छन् ।
जिल्ला अदालत गुल्मीले २०५७ असार २ गते कारागार चलानका लागि फैसला सुनाएपछि हस्तिचौर गाविस १ निवासी ३७ वर्षीय खुमवहादुर जोगी कुवँर हालसम्म फरार वनेका थिए । फरार वनेपछि भारतमा पुगेर लुकिछिपि नोकरी गर्दै आएका कुँवर केही दिन अघि नेपाल फर्केपछि गुल्मी स्थित भुर्तुङ्ग गाविसमा आफ्नो साथीलाई भेट्न आएको भन्ने सूचनाको आधारमा भुर्तुङ्ग प्रहरी चौकिले उनलाई पक्राउ गरेको हो ।
उनको नाममा तत्कालीन अवस्थामा जिल्ला सदरमुकाम तम्घास स्थित एक पसलमा चोरी गरि फरार रहेको भनि जिल्ला अदालत गुल्मीमा किटानी जाहेरी दर्ता गरिएको थियो । जाहेरिको आधारमा अदालतले जोगी कुँवरलाई नकवजनी चोरीमा २ लाख ५४ हजार ९ सय ७७ रुपैयाँ विगो जरिवाना र थप एक महिना १५ दिन कारागार चलानको फैसला सुनाएको थियो ।

रायमाझीद्वारा क्याम्पसलाई २० लाख मूल्य वरावरको घडेरी नि:शुल्क प्रदान

जनार्दन घिमिरे
गुल्मी, १६ माघ ।  गुल्मीका एक व्यक्तिले आफ्नो पैतृक सम्पत्ति मध्यको केही हिस्सा स्थानीय एक क्याम्पसलाई निशुल्क रुपमा प्रदान गर्नु भएको छ । वामी गाविस २  स्थायी घरभई हाल अमेरीकामा वसोवास गर्दै आउनु भएका मकर वहादुर रायमाझीले उक्त जग्गा स्थानीय रुद्रावती वहुमुखि क्याम्पसलाई प्रदान गर्नु भएको हो । उहाँले वामी टक्सार स्थित वसपार्कमा रहेको १७ हातको करिव २० लाख मूल्य पर्ने एउटा घडेरी क्याम्पसका नाममा प्रदान गर्नु भएको हो ।
क्याम्पसका लागि आफुले निशुल्क रुपमा प्रदान गरेको जग्गाको लालपुर्जा
क्याम्पसका प्रतिनिधि टंक भण्डारीलाई हस्तान्तरण गर्दै जग्गादाता
मकर वहादुर रायमाझी । तस्विर ः जनार्दन घिमिरे
आफ्ना स्वर्गीय वावु प्रेम वहादुर रायमाझी र आमा हीरा कुमारी रायमाझीको स्मृतिमा क्याम्पसलाई उक्त जग्गा प्रदान गरिएको रायमाझीले वताउनु भयो । सामाजीक काममा सधै सहयोगी भावना राख्दै अआउनु भएका स्वर्गीय प्रेम वहादुर रायमाझीले आफु मरेपछि पनि आफ्ना छोराहरुलाई समाजकालागि अविस्मरणीय काम गर्नुपर्छ भन्ने मान्यतावाट प्रभावित वनेर आफुले क्याम्पसलाई सहयोग गरेको उहाँले वताउनु भयो । रायमाझीले आउँदा दिनहरुमा क्याम्पसमा अध्यनरत अति विपन्न एवं दलीत तथा जनजाती विद्यार्थीहरुलाई लक्षीतगरि छात्रवृतीका लागि अक्षयकोषको स्थापना गरिदिने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
क्याम्पसका प्रतिनिधि एवं विद्यालय श्रोत व्यक्ति टंक भण्डारीलाई आफुले निशुल्क रुपमा प्रदान गरेको जग्गाको लालपुर्जा हस्तान्तरण गर्नु भएको थियो । जग्गाको लालपुर्जा ग्रहण गरेपछि श्रोत व्यक्ति भण्डारीले विदशमा वसेर पनि आफ्नो गाउँठाउँ र शिक्षाको क्षेत्रमा रायमाझीले गरेको सहयोग र सदुभावप्रति धन्यवाद एवं वधाई ज्ञापन गर्दै उक्त सहयोग क्याम्पसकालागि अनुकरणीय रहेको वताउनु भयो ।   


सरकारले दश लाख दिएर मात्र शहीदको सम्मान नहुने

जनार्दन घिमिरे
गुल्मी, १६ माघ ।  राज्यले शहिद घोषणा गर्दैमा वास्तविक शहीदको कदर र पहिचान हुन नसक्ने आज गुल्मीमा आयोजित एक कार्यक्रममा वताईएको छ । कसैले व्यक्तिगत रिसीवीका कारण भएको हत्यालाई लिएर पनि शहीद घोषणा गराउने काम वन्द गर्न सरकारलाई आग्रह गरिएको छ ।

शहीद सप्ताहको अन्तिम दिन विहिवार गुल्मीकोे सदरमुकाम तम्घास स्थित शहिद चोकमा शहिद चोकमा आयोजीत एक कार्यक्रममा सहायक प्रमुख जिल्ला विष्णु वहादुर घर्तिले शहादतले सम्मान पाउन् भन्दै उक्त कुरा व्यक्त गर्नु भएको थियो । विश्वमा नेपाल मात्रै यस्तो देश होला जहाँ ज्ञात भन्दा पनि अज्ञात शहीद धेरै भएको भन्दै शहीद परिवारलाई सरकारले दश लाख दिएर मात्र उनीहरुको सम्मान नहुने उहाँले वताउनु भयो । घर्तिले हुलको दवाव र सत्ताधारीको करकापमा जोसुकैलाई पनि शहीदको संज्ञा दिन उचित न्याय नहुने वताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, राजनैतिक दल तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुद्वारा शहीद शम्सेर वहादर खत्रीको शालीकमा माल्यार्णपण गरिएको थियो । कार्यक्रम तम्घास गाउँ समितिले आयोजना गरेको थियो ।


शहीद सप्ताहको अन्तिमदिन शहीद शम्शेर वहादुर खत्रीको शालीकमा माल्र्यापण गर्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल । पञ्चायती सरकाको विरोध गरेको भन्दै  तत्कालीन पञ्चायती सरकाको निर्देशनमा शम्शेर वहादुरको जिँउदै टाउको काटेर सदरमुकाम तम्घास ल्याईएको थियो । तस्विर ः जनार्दन घिमिरे

मुटुका दुवै भल्ब बिग्रिए, उपचार गर्ने पैसा छैन

Published on: // ,
जनार्दन घिमिरे
गुल्मी । आनन्दले जीवन जीउने रहर कसलाई पो हुँदैन र? तर रहर मात्र भएर के गर्नु? जब मानिसलाई नियतिले नै ठग्न थाल्छ तब उसका सबै आशा निराशामा परिणत हुन थाल्छन्। यस्तै नियति भोग्दै छन् १६ वर्षीय कमल परियार। सडकमा हात फैलाउँदै जीवन रक्षाका लागि सहयोगको याचना गरिरहेका छन, मुटु रोगबाट पीडित गुल्मी मर्भुङगका कमल।

कमल यतिबेला उपचारका लागि सहयोगको अपेक्षा गरेर हारगुहार गर्दै छन्। स्थानीय थानपति निम्न माध्यमिक विद्यालयमा कक्षा आठमा अध्यनरत परियारको अहिले मुटुको दुवै भल्ब बिग्रिएका छन्। एक महिनापछि डाक्टरले उनको अप्रेसन गर्नुपर्ने भन्दै फागुन २९ गतेका लागि अप्रेसनको समय दिएका छन्।

उनका बुबाआमासँग अप्रेसन गर्न आवश्यक रकम छैन। 'गंगालाल अस्पतालमा देखाउँदा डाक्टरले चाँडो अप्रेसन गर्नुपर्छ भनेका छन्। रगत र अन्य खर्चबाहेक तीन लाख रुपैयाँ लाग्छ रे !' आखाँभरी आँसु पार्दै कमलका बुबा वले परियारले भने, 'यस्ता रोग हामी गरिबलाई नै लाग्नुपर्ने, विष्टको घरमा लुगा सिलाउन गएर जेनतेन परिवार पालेको थिएँ। छोरो ठूलो होला र हामीलाई पाल्ला भन्ने आशामा थियौं, तर उसैको यो अवस्था भयो', उनले भने।

उनको उपचारका लागि स्थानीय शिक्षक घनबहादुर खत्रीले गाउँमा सहयोग संकलन सुरु गरे पनि हालसम्म जम्मा ३५ सय रुपैयाँ मात्र संकलन भएको छ। संकलन गरिएको रकमबाट केही थप सहयोग हुन्छ कि भनेर बिरामी कमल र उनका आमाबुवासहित उनी बुधबार सदरमुकाम तम्घास आइपुगेका छन्।

मुटुका दुवै भल्ब बिग्रिएपछि उपचारका लागि सहयोग जुटाइदिन आग्रह गर्दै बुधबार सदरमुकाम तम्घास आइपुगेका कमल परियार र उनकी आमा जुठी 
'उपचारका लागि कसैले सहयोग गर्छन् कि भनेर गाउँमा पनि हिँडियो, तर दस, बीस, पचास रुपैयाँभन्दा बढी रकम सहयोग उपलब्ध भएन। त्यसैले मिडियाबाट सहयोग हुन्छ कि भनेर बाबु लिएर यहाँ आएका हौं', सहयोगी शिक्षक खत्रीले भने।

पुर्खादेखि गाउँमा विष्टको घरघरमा पुगेर कपडा सिलाउँदै आएका वले दर्जीको परिवारमा अहिले १३ जना छन्। १३ जना परिवारमध्ये कमल कान्छा छोरा हुन्। कमल भन्छन्, 'कसैले सहयोग गरेर बाँच्न पाए जीवनमा केही राम्रो काम गर्ने थिएँ।'

कमल गत भदौ महिनादेखि विद्यालय जान सकेका छैनन्। उपचारका लागि कहिले तम्घास, कहिले पाल्पास्थित मिसन अस्पताल त कहिले काठमाडौं गंगालाल गर्दागर्दै उनको समय बितिरहेको छ। छोरा आफूहरूलाई बुढेसकालको सहारा बन्ला भन्ने आशामा बसेकी उनकी आमा जुठी परियार छोराका लागि सहयोग गर्ने व्यक्तिहरू आफूहरूका लागि भगवानसरह हुने कल्पना गर्छिन्।

कमललाई सहयोग संकलन गर्न चाहने व्यक्ति हरूका लागि लक्षित गरी उनका शुभचिन्तकहरूले सदरमुकाम तम्घासको राष्ट्रिय वाणिज्य ब्यांकमा ३०१००२६२४३१० नम्बर रहेको खाता खोलिदिएका छन्।

खुल्ला चौरमा वसि विरामी जाँच (फोटो फिचर)

जनार्दन घिमिरे
​गुल्मी, ९ माघ । डा.गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रीएका गुल्मी जिल्लाका चिकित्सकहरुले आजदेखि तम्घासको चिदिचौरमा वसेर विरामी जाच्न शुरु गरेका छन् । जायज माग राखि आमरण अनशन शुरु गरेका डा. केसीको मागलाई सरकारले वेवास्ता गरेको भन्दै सरकारको गैह्र जिम्मेवारी रवैयाप्रति विरोध जनाउँदै उनीहरुले खुल्ला चौरमा वसि विरामीहरुलाई सेवा दिन शुरु गरेका हुन् ।  जिल्ला अस्पताल तम्घासमा उपचार गर्न आएका विरामीहरु डाक्टर खोज्दै चिदिचौरमा पुगि अहिले स्वास्थ्य परिक्षण गराई रहेका छन् ।
तम्घास स्थित चिदिचौरमा वसि विरामी जाच्दै, जिल्ला अस्पताल तम्घासका डाक्टरहरु । तस्विर ः जनार्दन घिमिरे

नेताले दिए जिल्ला कारागारका वन्दीहरुलाई सोलार

जनार्दन घिमिरे
गुल्मी, १९ पुस । जिल्ला कारागार गुल्मीका कैदी बन्दीहरुलाई सोलार प्रदान गरिएको छ । कारागारमा विजुली नभएको बेला बस्न अप्ठ्यारो भएको भन्दै कैदीहरुले गुनासो गरेपछि नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति दामोदर भुसालले सोलार प्रदान गर्नुभएको हो ।
अनौपचारीक सेवा केन्द्र इन्सेक, सञ्चारीका समूहको पहल तथा पत्रकारहरुको समन्वयमा कारागारमा उक्त ४० वाटको सोलार प्रदान गरिएको हो । २६ हजार ५ सय मुल्य पर्ने उक्त सोलार भुसालले कारागार प्रमुख गोपाल प्रसाद पाण्डेलार्ई एक कार्यक्रमका वीच हस्तान्त्ररण गर्नु भएको हो । सोलार हस्तान्त्ररण गर्दै भुसालले कारागार सुधारगृह भएकाले कारागारको वातावरण राम्रो हुनुपर्ने भन्दै उहाँले कारागारलाई यातना गृह बनाउन नहुने पनि बताउनु भएको थियो । उहाँले नेपालका राजनीतिज्ञहरुले जेल जीवन विताउँदा जेलको सुधार गर्नुपर्ने बताएपनि शक्तिमा पुगेपछि कारागारहरु प्रति खासै चासो नदेखाएकोटिप्पणी गर्नु भयो ।
ईन्सेक जिल्ला संयोजक यज्ञ पन्थीले कैदी बन्दीको समस्या बुझ्न सँधै आउने तर सुधार कहिल्यै नहुने भएकाले सुधारको लागि आफूहरुले यस्तो पहल गरेको बताउनुभयो । सञ्चारीका समूहका अध्यक्ष गगनशिला खड्काले महिला हिँसा विरुद्धको १६ दिने अभियानको क्रममा कारागार अनुगमन गर्ने क्रममा कैदीबन्दीहरुले सँधै रमिता हेर्न मात्रै नआउन भनेपछि आफूहले भुसाललाई आग्रह गरेको र भुसालले उनीहरुको मर्का बुझेर उदाहरणीय काम गरेको बताउनुभयोकार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले राजनीतिक ब्यक्तिले कैदीलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभएको थियो । उहाँले जेल भित्रको वातावरण सुधार्नको लागि यस्ता सहयोगहरु आवश्यक रहेको बताउनुभयो । २५ जना क्षमता रहेको गुल्मी कारागारमा अहिले ६७ पुरुष र ८ महिला गरि ७५ जना वन्दिहरु रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल मार्फत कारागार प्रमुख गोपाल प्रसाद पाण्डेलाई सोलार प्रदान गर्दै भुसाल । तस्विर ः जनार्दन घिमिरे

गुल्मीबाट २२ जनाले बुझाए निर्वाचन खर्चको विवरण

Published on: // ,
जनार्दन घिमिरे
गुल्मी, १७ पुस । संबिधानसभा सदस्य निर्वाचन २०७० मा गुल्मी जिल्लाबाट उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरु मध्य वुधवारसम्म २२ जना उम्मेदवारहरुले आफ्नो निर्वाचन खर्च जिल्ला निर्वाचन कार्यालयमा वुझाई सकेका छन् । उनीहरुले जिल्ला निर्वाचन कार्यालयमा खर्च बुझाउने कुनै पनि उम्मेदवारहरुले १० लाख भन्दा बढी खर्च बुझाएका छैनन् ।
 निर्वाचन कार्यालयमा उम्मेदवारहरुले खर्च विवरण वुझाउने अन्तिम मिति यही पुस ९ गतेसम्म भएपनि उम्मेदवारहरुले पुरानो मिति राखेर खर्च विवरण वुझाउने गरेको जिल्ला निर्वाचन कार्यालयले वताएको छ । तर राजनैतिक दलका उम्मेदवारहरुले वुझाएको खर्च विवरण उनीहरुले गरेको खर्चको आधारमा निकै न्यून देखिन्छ । स्थानीय जनताहरुले भने उम्मेदवारहरुले निर्वाचन कर्यालयमा बुझाएको खर्च भन्दा धेरै ठूलो रकम निर्वाचनमा खर्च गरेको बताउँछन् ।
निर्वाचन खर्च वुझाउने मिति सकिएपनि अझै केही उम्मेदवारहरुले खर्च विवरण वुझाउनकालागि कार्यालयमा सम्पर्क गरिरहेकोे जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिनु भयो । नेपाली कांग्रेस, एमाले, एमाओबादी, राप्रपा र केही स्वतन्त्र सहितका उम्मेदवाहरुले निर्वाचन खर्च वुझाई सकेका छन् ।

गुल्मीमा एलाक डीपी परियोजना सुरु

Published on: // ,
जनार्दन घिमिरे
गुल्मी, १७ पुस । सरकारी सेवालाई चुस्त वनाउँदै थप गुणस्तरीय वनाउने उद्देश्यले गुल्मीमा एलाक डीपी परियोजना सुरु भएको छ । ट्रान्परेन्सी इन्टरनेशनल नेपालद्वारा सुशासन अभियान गुल्मी मार्फत सञ्चालित परियोजना अन्तर्गत सेवाप्रदायक सरकारी कार्यालयको सार्वजानिक सेवालाई थप गुणस्तरीय वनाउँदै समयमै सेवा पु¥याउन सहयोग गरिने लक्ष्य रहेको सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेले वताउनुभयो ।
शुशासन अभियान गुल्मीले आज सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरेर परियोजना लागू भएको जानकारी दिएको हो । जिल्लामा परियोजना सुरु भएपनि औपचारीक उद्घाटन भने पुस २२ गते गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम उद्घाटनको लागी ट्रान्परेन्सी इन्टरनेशनल नेपालका केन्द्रीय अध्यक्ष विष्णुवहादुर केसी आउने कार्यक्रम रहेको संस्थाले जनाएको छ । भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रमहरु मार्फत सहकार्य गर्दै आएको ट्रान्परेन्सीले इन्टरनेशनल नेपालले दोस्रो चरणका ६ जिल्ला अन्तर्गत गुल्मी जिल्लामा पनि परियोजना सञ्चालन गरेको छ । सरकारी निकाय तथा सार्वजानिक संस्थानवाट प्राप्त हुने सेवा लिँदा हुने हैरानी, ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचारका विरुद्धमा परियोजनाले काम गर्ने अध्यक्ष पाण्डेले वताउनुभयो ।
परियोजनाको लागी गुल्मी जिल्लामा एक जना कार्यक्रम अधिकृत र कार्यक्रम सहायकको नियुक्ति गरी परियोजनाको काम अगाडि वढाएको संस्थाले जनाएको छ । सरकारी कार्यालयवाट सेवा प्राप्त गर्दा सर्वसाधरणले खेप्नुपरेको हैरानी तथा ढिलासुस्तीलाई गुनासोको आधारमा गुनासाहरु समाधान गर्दै कानुनी रुपमा सरसल्लाह र सुझाव दिईने परियोजनाकी कार्यक्रम अधिकृत हीरा कुँवरले वताउनुभयो । उहाँले सरकारी सेवा लिँदा हैरानी तथा ढिलासुस्ती खेप्नुपरे ०७९५२०८५४ मा तुरुन्त फोन गर्न आग्रह समेत गर्नु भएको छ । परियोजनाले उजुरी दिन चाहानेले गोप्य तरिकाले उजुरी पनि दिन सक्ने जनाएको छ । परियोजनाले सरकारले निर्माण गरेका नीति नियम तथा निर्देशिका कार्यन्वयन प्रकृया थप प्रभावकारी वनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने संस्थाले जनाएको छ ।

६ महिनामा स्थानीय निर्वाचन र एक वर्षमा संविधान निर्माण ः भण्डारी

जनार्दन घिमिरे
गुल्मी, १४ पुस । नेपाली काँग्रेसका केन्द्रिय सदश्य एवं संविधान सभा सदश्य चन्द्र भण्डारीले अव वन्ने सरकाले छ महिना भित्रमा स्थानीय निकायको निर्वाचन र एक वर्ष भित्रमा संविधान निर्माण गर्नु पर्ने वताएका छन् । लामो समयसम्म स्थानीय निर्वाचन हुन नसक्दा जनताहरुले आफ्नो अधिकार र आफ्नो वजेट आफै संचालन गर्न नपाएको भन्दै नेता भण्डारीले जनताको अधिकार जनतालाई नै प्रत्याभूति हुने वातावरका लागि पनि छ महिना भित्रमा स्थानीय निकायको निर्वाचन अपरिहार्य भएको वताए ।

उनले जनताले चाँडो भन्दा चाँडो संविधान निर्माण गर्नकालागि जनमत दिएर पठाएको हुँदा उनीहरुको आशालाई तुसारापात हुन नदिनकालागि पनि एक वर्ष भित्रमा कुनै पनि मूल्यमा संविधान निर्माण गर्नु पर्नेमा जोड दिएका थिए । निर्वाचन आयोगलाई पटक पटक समययावधि लम्वाउन आग्रह गरेपनि राजनैतिक दलहरुले समानुपातिक सभासदहरुको अन्तिम नामावली अझै वुझाउन नसकेकोमा आश्चर्य प्रकट गर्दै भने,“ नेपालका नेताहरु यति कमजोर छन् भन्ने मलाई लागेको थिएन।” गुल्मीको सदरमुकाम तम्घास स्थित रेसुुङ्गा वहुमुखि क्याम्पसको ३१ औं वार्षिकोत्सव एवं २९ औ क्याम्पस सभालाई आईतवार सम्वोधन गर्दै केन्द्रिय सदश्य भण्डारीले उक्त कुरा वताएका हुन् ।

कार्यक्रममा नेता भण्डारीले एउटा स्नाकोत्तर गरेको मानिस वेरोजगार वनेर अरवका खाडिहरुमा भेडा चराउन जानु पर्ने वाध्यात्मक विद्यमान अवस्था रहेको भन्दै उनले त्यसको कारक हाम्रो वर्तमान शिक्षा प्रणाली अव्यवहारिक भएको वताए । “प्रमाण पत्रले साक्षर मात्र वनाउछ, शिक्षीत वनाउन सक्दैन, हाम्रो शिक्षामा अध्यात्मिकताको ज्ञान भएन, त्यसैले हाम्रो देश पछि परेको हो,” भण्डारीले भने । उनले नेपालको संविधानमा शिक्षा, स्वास्थ्य तथा रोजगारिलाई मौलीक अधिकारका रुपमा राख्नकालागि आफुहरुले अभियान संचालन गरेको वताए । आफु पार्टिको शिक्षा विभाग प्रमुख भएको नाताले हरेक जिल्लामा एकएकवटा आंगिक क्याम्पस संचालन गर्नकालागि पहल गर्ने वताए । सोही कार्यक्रमा भण्डारीले क्याम्पसवाट प्रकाशित विद्या पत्रिकाको समेत विमोचन गरेका थिए ।


मृगौला पीडितलाई गुल्मी समाज दोहाको सहयोग

जनार्दन घिमिरे
गुल्मी, ७ पुस । गुल्मी सेवा समाज दोहा कतारले गुल्मी जिल्लाका दुईजना मृगौला पीडितलाई रु ६० हजार रुपैंया सहयोग उपलब्ध गराएको छ । दुबै मृगौला विग्रिएपछि सहयोगको याचना गरिरहेको ठूलोलुम्पेक र नेटा गाविसका दुई मृगौला पीडितलाई समाजले आज सदरमुकाम तम्घासमा सहयोग रकम हस्तान्तरण गरेको हो । ठूलोलुम्पेक गाविस ५ की मृगौला पीडित तिलमाया तरामु र नेटा गाविस ५ का मृगौला पीडित गोपाल परियारलाई उक्त सहयोग रकम हस्तान्त्रण गरिएको हो । समाजका कोषाध्यक्ष बुद्ध पाण्डे र सह कोषाध्यक्ष झबिन्द्र आचार्यले संयुक्त रुपमा दुबै जनलाई ३०÷३० हजार रकम हस्तान्तरण गरेका थिए ।

गुल्मीमा पहिलो पटक पेटमै फुटेको एपेन्डिसाईटिसको सफल अप्रेशन

जनार्दन घिमिरे
गुल्मी, ३ पुस । गुल्मी जिल्लामा पहिलोपटक पेटमै फुटेको एपेन्डिसाईटिसको सफल अप्रेशन गरिएको छ । अमरपुर गाविस १ निवासी १९ बर्षिया दिलमाया मुखियाको सदरमुकाम स्थित रेसुंगा हस्पिटलमा गरिएको उक्त अप्रेसन सफल भएको हो ।
सुरुमा पेट मात्रै दुख्ने गरेको मुखियालाई लगातार तीनदिनसम्म पेट दुख्न थालेपछि परिवारले उनलाई उपचारकालागि जिल्ला अस्पताल तम्घास ल्याई पुराएका थिए । जिल्ला अस्पताल तम्घासले मुखियाको पेटमै एपेन्डिसाईटिस फुटेकोले जिल्लामा उपचार सम्भव नभएको भन्दै मुखियालाई जिल्ला वाहिर लगि भर्ना गर्न भन्दै रिफर गरेको थियो । जिल्ला अस्पतालवाट रिफर भएकि उक्त विरामीलाई आर्थिक अभावको कारण जिल्ला बाहिर लैजान नसकेपछि उनलाई रेसुंगा हस्पिटलमा लगिएको थियो । अप्रेसनकालागि निकै ठूलो जोखिम मोली रेसुंगा हस्पिटलका डा.निरेश थापा र लक्ष्मण भुसालको नेतृत्वमा उक्त अप्रेसन सफल पारिएको रेसुंगा हस्पिटलका कार्यकारी निर्देशक महेश श्रेष्ठले वताउनु भयो । उक्त हस्पिटलमा गत दुई महिना अघिपनि यस्तै गंम्भिर प्रकृतिको अप्रेशन गरि सफल भएको थियो । पाठेघर भन्दा बाहिरको ट्युवमा बसेको बच्चालाई सफलता पूर्वक ल्यापेरोटोमी अप्रेशन गरेर बाहिर निकालेको हस्पिटलका डा.लक्ष्मण भुसालले जानकारी दिनु भएको छ ।
आफ्नो छोरीको अप्रेसन सफल भएपछि यतिवेला दिलमायाका वावु निकै खुसि भएका छन् । ‘सरकारी अस्पतालमा डाक्टरसावले बिरामीलाई पाल्पा वा अरु कुनै ठूलो अस्पतालमा लैजान भन्नुभएको थियो तर मसँग पसा धेरै नभएका कारण छोरीलाई टाढा लैजान सकिन, ‘छोरीबाँच्दीनकी भनेर निकै डराएको थिएँ तर छोरीको अप्रेशन राम्रो भयो,’ दिलमायाका बाबु गोबिन्दले भने । मुखियाको पेटमै फुटेको एपेन्डिसाईटिसको अप्रेशन गुल्मी जिल्लामा पहिलो अप्रेशन भएको रेसुंगा हस्पिटलले दाबी गरेको छ ।
पेटमै फुटेको एपेन्डिसाईटिसको उपचार तम्घासमै सफल भएपछि बिरामीको परिवार मात्रै हैन् यतिवेला उपचारमा संलग्न डाक्टर र नर्सहरुपनि निकै खुसी भएका छन् । सरकारी अस्पतालले जिल्ला वाहिर रिफर गरेको भएपनि आफूहरुले उनलाई नयाँ जीवन दिन सफल भएको र आफुहरुलाई समेत थप हौसला थपिएको उनीहरुको भनाई छ । ‘जिल्लामा यस्तो किसिमको अप्रेशन यो भन्दा पहिला सम्भव भएको थिएन’ उपचारमा सँलग्न रेसुंगा हस्पिटलका डा. निरेश थापाले भने ‘सिमित स्रोत र साधनका विच विकट जिल्लामा पनि यस्तो प्रकारको अप्रेसन सफल हुँदा निकै खुशी भएका छौँ ।’
थापाले अहिले पनि धेरै मान्छेहरु जिल्लामा राम्रो उपचार नहुने भन्दै बाहिरी जिल्लामा पुगेर धेरै खर्च गर्ने गरेको बताउँछन् । ‘दिलमायाको केशमा पनि बाहिर गएको भए ५० हजार भन्दा बढी खर्च हुन्थ्यो तर जिल्लामै हुँदा २५ हजारको हाराहारीमा खर्च हुन्छ’ थापाले भने ‘उनी साह्रै विपन्न परिवारको भएकोले १० हजार वरावर रुपैँया डिस्काउण्ट गर्ने सोँचेका छौँ ।

रेसुंगा हस्पिटलमा एपेन्डिसाईटिसको अप्रेशन गरेपछि वेडमा आराम गर्दै दिलमाया मुखिया । तस्बिर ः जनार्दन घिमिरे

सहमतिको राजनीति आबश्यक ः एमाले नेता ज्ञवाली

जनार्दन घिमिरे
गुल्मी, २ पुस । नेकपा एमालेका केन्द्रिय सदश्य तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले संबिधान सभाको निर्वाचनबाट नयाँ शक्ति सन्तुलन कायम भएको भन्दै यो जनादेहलाई सम्मान गर्दै राष्ट्रिय सहमती र सह–अस्तित्वका आधारमा सत्ता संञ्चालन गर्नु पर्ने वताउनु भएको छ । उहाँले संबिधान निमार्णको कामलाई सहज वनाउन अनुकुल राजनितीक वातावरण तयार गर्नुपर्नेमा जोड दिनु भयो ।

अहिलेको मुख्य राजनितीक बिषय संघिय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकार संस्थागत गरि जनताले आफ्नो महसुस गर्ने संबिधान निमार्ण गर्नु मुख्य अभिभारा भएको नेता ज्ञवालीले वताउनु भयो । उहाँले पार्टीको तर्फबाट एक सक्रिय राजनितीक कार्यकर्ताको हैसीयतले आफु निरन्तर क्रियाशिल रहने बताउनु भएको छ । संबिधान सभा निर्वाचन पश्चात पार्टी कार्यकर्ता तथा मतदाताहरुलाई धन्यावाद दिन क्षेत्र भ्रमण अभियानमा रहनु भएका ज्ञवालीले आज गुल्मीको वामी, मुसिकोट र वडागाउँका पार्टी कार्यकर्ता तथा मतदाताहरुसंग भेटघाटको क्रममा उक्त कुरा वताउनु भएको हो ।  कार्यक्रममा बोल्दै नेता ज्ञवालीले जनताका सुख,दुखमा साथ सहयोग र बिकासका काममा अगुवाई निरन्तर जारी रहने समेत बताउनु भएको छ ।  कमी कमजोरी सच्चाएर पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउदै आगामी स्थानिय तथा राष्ट्रिय निर्वाचनका लागि पनि कार्यकर्ताहरुलाई उचो मनोवलका साथ पार्टी काममा लाग्न आग्रह समेत गर्नु भएको थियो । 

गुल्मीमा भारतिय पेन्सन क्याम्प सुरु

Published on: // ,
जनार्दन घिमिरे
गुल्मी २४ मंसिर । सोमबारदेखी गुल्मीको सदरमुकाम तम्घासमा भारतिय पेन्सन वितरण क्याम्प सुरु भएको छ । प्रत्येक वर्ष कात्तिकको अन्तिम साताबाट सुरुहुने पेन्सन क्याम्प यो बर्ष संबिधानसभाको निर्वाचनका कारण एक महिना ढिलागरि सुरु भएको हो । क्याम्पमा गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान र पर्वत जिल्लाका करिव ८ हजार ५ सय पूर्व भारतीय सैनिकहरुलाई पेन्सन बितरण गरिने बोर्डका सचिव सन्त बहादुर खड्काले जानकारी दिनु भएको छ ।
सोमबारदेखी शुरु भएको उक्त क्याम्प पुस ७ गते सम्म संचालन हुने भएको छ । क्याम्पमा बिहान ७ बजे देखि साँझ ५ बजेसम्म पेन्सन बितरण गरिदैं आएको छ । भारतीय राजदुतवासले हरेक बर्षको २ पटक ६÷६ महिनामा पेन्सन क्याम्प संचालन गर्ने गरेको छ । पेन्सन बितरण गर्ने सिजनले गर्दा सदरमुकाम तम्घासमा चहलपहल पनि सुरु भएको छ । टाढा टाढाका पेन्सनरहरु तम्घास आउने भएकोले चलपहल बढेको हो । पेन्सनरहरुले पेन्सन बुझेसंगै किनमेल गर्ने भएकाले पनि क्याम्प नजिकैको बाख्रेछेडा सडक खण्डमा ब्यापारीहरुको पनि बाक्लो उपस्थिति रहेको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा भूतपुर्व भारतीय सैनिकहरुका लागि पेन्सन वितरण क्याम्पमा पेन्सन लिनकालागि लाईनमा वस्दै भूपुहरु । तस्विर ः जनार्दन घिमिरे


सत्य कुरा बोलेर चुनाव नजितीने रहेछ ः क्षेत्री

जनार्दन घिमिरे
गुल्मी, २२ मंसिर । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य बामदेव क्षेत्री आफ्ना मतदाताहरुलाई धन्यवाद दिनकालागि आजदेखि गाउँ पसेका छन् । भर्खर सम्पन्न संविधानसभा चुनावमा गुल्मी क्षेत्र नं ३ बाट चुनाव एमाले उम्मेदवार गोकर्ण विष्टसँग पराजीत भएका क्षेत्री अहिले आफूलाई भोट दिने मतदातालाई धन्यवाद दिन र आफूमा भएका कमजोरीको समिक्षा गर्न उनी गाउँ पसेका हुन् । 
गाउँ पस्ने क्रममा नेता क्षेत्रीले सञ्चाकर्मिसँग कुरा गर्दै, चुनावी यात्राका क्रममा भोट माग्नकालागि सत्य कुरा बोलेर चुनाव नजितिने रहेछ भन्ने कुरामा यो चुनाववाट आफु स्पष्ट भएको वताए । आफू जस्तोसुकै अबस्थामा पनि जनतासंग सत्यमात्रै बोल्नुपर्छ भन्ने सोँचेर गर्न सक्ने कुरा मात्रै बोलेको उनको भनाई छ । ‘जनता संग सत्य र यथार्थ बोल्नुपर्छ भनेर त्यहीँ बोलेँ, गर्न नसक्ने ठूला सपना देखाएर ढाँटिन– उहाँले भन्नुभयो– तर चुनामा झुट बोल्नुपर्ने रहेछ ।’ 
क्षेत्र न्मवर ३ को विकासको कार्ययोजना र खाका आफूले बनाएकोले सोही अनुरुप चुनावी एजेण्डा बनाएको वताए । आफ्नो योजनाको कुरा बाहेक अन्य कुरा गर्न आफूलाई उचित नलागेको र आफू एकचित्त भएर सोही योजनामा लागेको उनको भनाई छ । ‘मगरातको राजधानी गुल्मीलाई नै बनाउनुपर्छ भनेर मैले लँडाई लडेको छु पार्टिभित्र उनले भने– मैले जनतालाई ढाँटिन, जे गर्न सक्छु, त्यही भनेँ ।’ 
आफ्नो कार्यक्षेत्र अवध भएपनि आफू गुल्मीका जन्मेको नाताले गुल्मीको विकासमा लागेको तर सोँचे अनुसार काम गर्न नसकेको उनले वताए । पछिल्लो पटक पार्टिको आवह्वान र खटन अनुसार आफू चुनावमा हतार हतारमा गुल्मी आएकोले धेरै जनतासंग भेटघाट गर्न नसकेको तर पनि यस क्षेत्रको विकासका आफू लागि रहने उनको भनाई थियो । 
 आफू ढाँटछल विनाको चुनावी अभियानमा सहभागी भएको संस्कार मात्रै देखेकोले यो चुनाव देखेर अचम्म लागेको भन्दै नेता क्षेत्रीले आफू गरीव र दलितको पक्षमा सँधै लड्ने भएकोले पत्रपत्रिकामा आफुले लेखको लेखको पारिश्रमिकवाट विपन्न विद्यार्थीको पढाईमा खर्चिने वताएका छन् । 

शौचालयमा जीवन गुजारा गर्ने परियार अव आफ्नै घरमा

जनार्दन घिमिरे
गुल्मी, २१ मंसिर । विगत सातवर्षदेखि आफ्ना तीन सन्तानसहित शौचालयमा वस्दै आएकि ज्ञानि परियारलाई यतिवेला युरोपमा वस्ने नेपालीहरुले घर निर्माण गरिदिने भएका छन् । आफ्नो पतिको को हो भन्ने थाहा नभएकि ज्ञानी मर्भुङ गाविस स्थित सिमलटारीमा आफ्ना वेवारिसे तीन छोरा सहित वर्षौदेखि शौचालयमा वसि जीवन जीउँदै आएकि छन् । उनको दयनीय अवस्थाको वारेमा खवर गुल्मीन्युज डट कममा पढेपछी गुल्मी जिल्ला समाज यूकेले हालै ज्ञानी वसेको शौचालयसम्म पुगि रु एक लाख २२ हजार २६ रुपैंया नगद् हस्तान्तरण गरिएको छ ।
गुल्मी जिल्ला समाज यूकेले समाजका उपाध्यक्ष केशव भण्डारीलाई यूरोपवाट गुल्मी स्थित मर्भुङ्गसम्म पठाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । रकम हस्तानतरण गर्दै समाजका उपाध्यक्ष भण्डारीले उक्त रकमलाई सहिरुपमा सदुपयोग गरि उनको वस्ने वासको व्यवस्थापन गरिदिन स्थानीयवासीलाई आग्रह गर्नु भएको थियो । समाजको आग्रहमा मर्भुङ्गमा ज्ञानीको घर व्यवस्थापनका लागि स्थानीय मालीका महिला विकास समितिकि अध्यक्ष पूनम अर्यालको संयोजकत्वमा घर व्यवस्थापन समितिको समेत निर्माण गरिएको छ । उक्त समितिले ज्ञानीको परिवारलाई व्यवस्थापन गर्नकालागि अहिले केही जग्गा सहितको घर खोज्ने काम समेत शुरु गरिसकेको छ । वेलायतमा वस्ने गुल्मेली र अन्य समुदायका नेपालीहरुवाट संकलन गरिएएको उक्त रकमले ज्ञानीलाई अव केही दिनमै शौचालयको वसाईवाट आफ्नै घरसम्म पुराउने भएको छ ।
“पैसा पाएपछि ज्ञानी परियार निकै खुसि वनेकि छन्, उनलाई लण्डनमा वस्ने नेपालीहरुले पनि थप एक लाख ३० हजार रकम पठाई सकेका छन्, यो रकमले उनलाई केही जग्गा सहितको घर किन्नका लागि खोज्ने काम गरिरहेका छौं” घर व्यवस्थापन समितिकि संयोजक पुनम अर्यालले भन्नु भयो । ज्ञानी परियार सानैदेखि सिमलटारी वजारमा वस्दै आएकि र सानैमा उनकि आमा अर्कोसँग पोईल गएपछि उनी एक्ली टुहुरी वनेर अरुको काम गरि जीवन व्यतित गर्दै आएकि थिईन् । मानशिक रुपमा त्यत्ति स्वस्थ नदेखिने ज्ञानीका हाल तीन छोरा समेत रहेका छन् । उनका छोराहरु छ वर्ष उमेरदेखि पन्ध्र वर्ष उमेरसम्मका छन् । तर उनीहरुलाई आफ्ना वावु को हुन् भन्ने वारेमा नत छोराहरुलाई थाहा छ, नत आमालाई नैं ।




अपांगहरुलाई दया र माया मात्र हैन अवसर दिनुपर्छ

Published on: // ,
जनार्दन घिमिरे
गुल्मी, १८ मंसिर । समाजमा अझैपनि अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्किोणमा परिवर्तन आउन नसकेको एक कार्यक्रमका सहभागिहरुले वताएका छन् । अपांगता भएका व्यक्तिहरु शिक्षा, स्वास्थ्य, विवाह र सामाजिक कार्यहरु जस्ता आधारभूत सेवाहरुवाट समेत वञ्चित हुनु परेको उनीहरुको धारणा थियो ।
२२ औं अन्तराष्ट्रिय अपांग दिवशको अवशरमा मंगलबार गुल्मीको सिमिचौर गाविसमा आयोजित एक कार्यक्रममा वोल्दै सहभागिहरुले यस्तो वताएका हुन् । उनीहरुले पारिवारिक विभेदका कारण अपांगलाई हेर्ने दृष्किोणमा परिवर्तन नभएसम्म उनीहरुको हक अधिकार सुनिश्चित हुन नसक्ने वताए । महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई लक्षित गरेर आशा अपांग केन्द्र गुल्मी, वौद्धिक अपांग समाज, वहिरा संघ, अपांग एकता समाज, दृष्टिविहीन लगायतका संघ संस्थाहरुको संयुक्त आयोजना र महिला तथा वालवालीका कार्यालयको सहयोगमा वाजागाजा र र्याली सहित उक्त दिवश मनाईएको थियो ।
कार्यक्रममा अपांगहरुकालागि संकलन गरिएका ९० जना अपांग र विपन्न व्यक्तिहरुलाई ज्याकेट, सुईटर, पाईण्ट, सुरुवाल लगायतका पोशाकहरु समेत वितरण गरिएको थियो । कार्यक्रमा महिला विकास अधिकृत जमुना पौडेलले महिला हिंसा विरुद्धको १६ दिने अभियान र समावेशी व्यवस्था सम्वन्धि कार्यालयवाट दिने सेवा सुविधा विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सोही कार्यक्रममा आशा अपांग केन्द्रकि उपाध्यक्ष गंगा रायमाझीले “घर शान्ति नै विश्व शान्तिको आधार, महिला हिंसा विरुद्ध शुन्य सहिष्णुता कायम गरौं” भन्ने विषयमा समेत छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
स्थानीय अपांग संजालका अध्यक्ष गोपाल कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थी, निमित्त स्थानीय विकास अधिकारी वावुराम पल्ली, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. हरिवहादुर केसी, वौद्धिक अपांग अभिभावक संघका अध्यक्ष ईश्वरी प्रसाद पौड्याल, शिवालय महिला जागृति वहुउद्देश्यीय सहकारी संस्थाकि अध्यक्ष कमला पाण्डे लगायतका व्यक्तिहरुले अपांगता भएकाहरुलाई दया र माया मात्र हैन उनीहरुलाई अवशर दिनु पर्ने वताउनु भएको थियो । नेपाल अपांग एकता समाजका अध्यक्ष घन वहादुर खड्काको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव भीमप्रसाद पोख्रेलले गर्नु भएको थियो ।


सहकारी संघवाट कफी किसानलाई सहयोग प्रदान

जनार्दन घिमिरे
गुल्मी, १६ मंसिर । जिल्ला सहकारी संघ गुल्मीले जिल्लाका कफी किसानहरुका लागि सामाजिक विकास कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रम अन्र्तगत संघले आईतवार कफी पकेट क्षेत्र अन्तर्गत अश्लेवा गाविस दुई स्थित मलेमा सडक मर्मतका लागि रु ४० हजार नगद सहयोग उपलव्ध गराएको हो ।
उक्त क्षेत्रका कफी किसानहरुलाई आफुले उत्पादन गरेको कफीलाई यातायात मार्फत संकलन केन्द्रसम्म पुराउन सजिलो होस् भन्ने उद्देश्यले सडक मर्मतकालागि उक्त रकम किसानहरुलाई उपलब्ध गराएको जिल्ला सहकारी संघका व्यवस्थापक युवराज आचार्यले जानकारी दिनु भएको छ । उक्त रकम ग्रहण गर्दै स्थानीय कफी सहकारीका अध्यक्ष देवीप्रसाद पाण्डेले सहकारीले कफी किसानहरुको हौसला वढाएको भन्दै उक्त रकम र जनश्रमदान गरेर तीन किलोमिटर सडक मर्मत गरिने वताउनु भएको छ ।
जिल्ला सहकारी संघले विगत चारवर्षदेखि किसानहरुले उत्पादन गरेको कफी विक्रिवाट आएको रकम मध्य केही रकम कफी किसानहरुको हितका लागि सामाजिक विकासमा खर्चिदै आएको छ । संघको उक्त कामवाट कफी किसानहरु समेतलाई व्यवसाहिक रुपमा कफी खेतीमा लाग्ने प्रेरणा जगाउँदै आएको कफी कृषकहरुले वताएका छन् ।

संविधान लेख्न भण्डारीलाई गुल्मीका कर्मचारीहरुद्वारा कलम र डायरी उपहार

Published on: // ,

जनार्दन घिमिरे
गुल्मी, १५ मंसिर । नेपाल निजामति कर्मचारी युनियनले गुल्मी क्षेत्र नम्वर २ वाट नवनिर्वाचित संविधान सभा सदस्य चन्द्र भण्डारीलाई डायरी र कलम उपहार प्रदान गरेका छन् । संविधान लेखन कार्यमा संविधान सभामा भण्डारीलाई जनमतको कदर गर्दै कुनैपनि मूल्यमा संविधान लेख्न आग्रह गर्दै उनीहरुले उक्त डायरी र कलम उपहार दिएका हुन् ।
नेपाल निजामती कर्मचारी युनियन गुल्मीले दिएको उपहार ग्रहण गर्दै केन्द्रिय सदश्य एवं संविधान सभा सदश्य भण्डारीले आफु र आफ्नो पार्टिले जुनसुकै मूल्यमा पनि संविधान निर्माणमा दिलोज्यानले लाग्ने र जनमतलाई सधै उच्च प्राथमिकतामा राखेर अगाडि वढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । निजामति कर्मचारीहले भण्डारीलाई पद र पैसाको पछाडि नलागि संविधान निर्माणलाई पहिलो प्राथमिकता दिन आग्रह समेत गरेका छन् ।
नेपाली काँग्रेसका केन्द्रिय सदश्य समेत रहेका भण्डारीले कर्मचारीहरुलाई कुनै पनि दल र सरकारले राजनीतिक आँखाले हेर्न नहुने वताउनु भएको छ । नेपाल निजामति कर्मचारी युनियनले आज तम्घासमा आयोजना गरेको वधाई तथा मित्र मिलन कार्यक्रम वोल्दै भण्डारीले उक्त कुरा व्यक्त गर्नु भएको हो । उहाँले कर्मचारी समाजको एउटा ऐना भएको र उसले समाज रुपान्तरणकालागि महत्वपूर्ण योगदान गर्न सक्ने भएका कारण कर्मचारीहरुले सधै सकारात्म सोंच राखेर जनताको मन जितेर काम गर्न समेत आग्रह गर्नु भएको छ ।
“राजनीति आग्रह तथा पुर्वाग्रहका कारण कतिपय राम्रो र योग्य कर्मचारीहरुले न्याय पाएका छैनन्, उनीहरुलाई डम्पिङ्ग साईड जस्तो वनाउने गरिएको छ, राजनैतिक आस्थाका आधारमा यसो गरिनु हुँदैन र यसको अत्य हुनुपर्छ,” भण्डारीले भन्नु भयो । समाजमा विकासको गति परम्परागत शैलीमा अघि वढेको भन्दै त्यसमा परिवर्तन ल्याउन नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने भण्डारीको सुझाव थियो ।
सत्ताको लुछाचुँडि राजनीति फेशन जस्तो भएको भन्दै नेता भण्डारीले यसलाई सवै मिलेर परिवर्तन गर्नु अपरिहार्य भएको वताउनु भयो । भण्डारीले काँग्रेसलाई एउटा पाठशालाको संज्ञा दिँदै भने,“यो पाठशालाले जनतालाई संविधान पनि दिन्छ र विकास पनि,” । नेपाल निजामति कर्मचारी युनियनका जिल्ला अध्यक्ष खिमलाल पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा, नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष विष्णु वहादुर रायमाझी, केन्द्रिय सदश्य जयश्वर प्रसाद पन्थी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

संविधान ल्याउनका लागि कुनैपनि मूल्य चुकाउन पछि पर्दैनौ: नेता विष्ट

Published on: // ,

जनार्दन घिमिरे
गुल्मी, १४ मंसिर । नेकपा एमालेका केन्द्रिय सदश्य एवं संविधान सभा सदश्य गोकर्णराज विष्टले कुनै पनि सर्त र कुनै पनि मूल्यमा देशमा नयाँ संविधान ल्याउनु पर्ने वताउनु भएको छ । विश्वको इतिहासमा नेपालमा मात्र दोश्रो पटक संविधान सभाको निर्वाचन भएको भन्दै नेता विष्टले दोश्रो पटकको संविधानसभा निर्वाचनवाट पनि सविधान वनाउन सकिएन भने त्यो मूलुककोलागि ज्यादै दूभाग्र्यपुर्ण हुने दावि समेत गर्नु भएको छ ।
गुल्मी उद्योग वाणिज्य संघले आज सदरमुकाम तम्घासमा आयोजना गरेको स्वागत तथा परिचयात्मककार्यक्रममा वोल्दै नेता विष्टले उक्त कुरा वताउनु भएको हो । उहाँले आफुहरु संविधान ल्याउन र लेखाउनकालागि कुनैपनि मूल्य चुकाउन समेत पछि नपर्ने स्पष्ट पार्नु भयो । “संविधान लेख्दैमा पनि पुग्दैन, त्यो संविधान जनपक्षीय र प्रगतीशिल वन्न सकोस,” उहाँले भन्नु भयो । विष्टले एकिकृत नेकपा माओवादी र माओवादी सहितका ३२ दलहरुलाई विश्वासमा लिएर संविधान जारी गर्ने वताउनु भएको छ । उहाँले संविधान निर्माणमा ती दलहरुसँग सहमतिकालागि अन्तिम अवस्थासम्म पहल गरिने भन्दै यदि त्यसो हुन नसकेकमा विधि र प्रक्रियालाई आत्मसाथ गरेरै भएपनि संविधान ल्याउनु पर्ने प्रतिक्रिया दिनु भएको छ ।
विष्टले निर्वाचनमा दलीय राजनीतिका आधारमा प्रस्तुत भएपनि निर्वाचित भएपछि त्यो सवैको साझा प्रतिनिधि भएको भन्दै आफुले कुनैपनि व्यक्ति, दल, संघसंस्था आदि प्रति कहिल्यै फरक दृष्टिकोण नराख्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ । उहाँले नेपालमा जस्तो राजनिती दुनियाँमा कहि नभएको भन्दै कुनै पनि आग्रह र पुर्वाग्रह राख्ने नजरीयालाई टोड्न जरुरी भएको स्पष्ट पार्नु भयो  कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदश्य तथा संविधानसभा सदश्य चन्द्र भण्डारीले वर्तमान अवस्थामा नेता नोकर र जनता मालीक भएको भन्दै जनताको मन जित्नकालागि उनीहरुको भावना वुझेर मात्र काम गर्नु पर्ने वताउनु भयो । उहाँले जिल्लामा संचालीत अधुरा आयोजनालाई सम्पन्न गर्नकालागि आफुहरुले पहल गर्ने र साझा विकासको अवधारणलाई अघि वढाउने समेत वताउनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग