Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छ महिनामा ८६ जनाको मृत्यु, १३३ जना अङ्गभङ्ग

Published on 1:36:00 PM //


२२ फागुन, धुर्कोट (गुल्मी) । लुम्बिनीका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पामा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या अत्यधिक बढेको छ ।
 दुर्घटनामा छ महिनामा तीन जिल्लामा गरी ८६ जनाको मृत्यु भएको छ भने १३३ जनाको अङ्गभङ्ग भएका छन् । चालु आवमा गुल्मीमा १०, अर्घाखाँचीमा सात र पाल्पामा १८ वटा ठूला दुर्घटना भएका थिए ।  सवारी दुर्घटनामा साउनयता गुल्मीमा २२, अर्घाखाँचीमा २१ र पाल्पामा ४३ जनाको  मृत्यु भएको जनाएको छ ।
 रातिको यात्रा, अप्ठेरो बाटो, चालकले मदिरा सेवन गर्ने लगायतका कारण दुर्घटना हुने गरेको पाल्पाका प्रहरी नायब निरीक्षक स्थानेश्वर रेग्मीले बताउनुभयो । अयोग्य चालक, नराम्रो सडक र पहाडी क्षेत्रमा पुराना गाडी सञ्चालनमा आउँदा दुर्घटना बढी हुने गुल्मीका डिएसपी गुरुविष्णु काफ्लेले बताउनुभयो । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग