Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्यान्सर पीडितको लागी बिभिन्न बिद्यालयबाट ४४ हजार सहयोग

Published on 7:24:00 PM //


कृष्ण बिश्वकर्मा
गुल्मी, फागुन २५ । ब्लड क्यान्सरबाट पिडित बनेका गुल्मी हस्तिचौर गाविस ६ का एक वालकको उपचारका लागि सहयोग संकलन कार्य जारी रहेको छ ।
हस्तिचौर गाबिस ६ छल्दी टार निवासी ब्लड क्यान्सरबाट पिडित बर्ष १३ का रमेश घिमिरेको आर्थिक अभावमा उपाचार गर्न नसकेको भन्दै परिवारजनले सहयोगको अपिल गरेपछि घिमिरको उपचारका लागि आर्थिक सहयोग संकलन कार्य चलिरहेको छ । घिमिरेको उपचारार्थ छिमेकी बिद्यालयका बिद्यार्थीहरुले पनि आर्थिक संकलन कार्यमा सक्रियता देखाएका छन। सोही शिलशिलामा बिभिन्न बिद्यालयहरुले घिमिरेको उपचारको लागी करिव ४४ हजार बराबरको आर्थिक सहयोग प्रदान गरेका छन।
संकलित उक्त रकम घिमिरेकी आमा गिता घिमिरेलाई, पालुखा माविका शिक्षक सहनायक यमकला घिमिरेले हस्तान्तरण गर्नुभएको छ । घिमिरेको उपचारका लागी सहयोग गर्ने बिद्यालयहरुमा पालुखा मावी, हिमालय उच्च मावी हर्पुकोट, ठाडुङ्गा माध्यमिक बिद्यालय दर्लामचौर, रामराज्य माध्यमिक विद्यालय इश्मा दोहोली, आनन्दपुर मावी इश्मारजस्थल, हिमालय उच्च मावी बस्तु, जनज्योती निमावी हस्तिचौर, पाञ्चायन उच्च मावी जैसिथोक लगायतका रहेका छन।
काठमाण्डौको कान्तिबाल अस्पतालमा उपचार गराइरहेका रमेश घिमिरेलाई उपचार गर्न ठुलो रकम लाग्ने भएकाले आफुसँग उक्त रकम नहुँदा उपचारमा समस्या भएको परिवारजनले वताएका छन। घिमिरेको सहयोगका लागि स्वदेश तथा विदेशमा रहने सम्पुर्ण आफन्तजन तथा आम नेपाली दाजुभाई, दिदीवहिनीलाई उनका वुवा रामवहादुर घिमिरेले आग्रह गर्नुभएको छ । सहयोगका लागि काठमाण्डौमा रहेको राष्ट्रिय वाणिज्य वैँक महाराजगञ्ज शाखामा रहेको वचन नं. ३५२४७ मा सहयोग रकम जम्मा गरिदिन वा ९८४७३५९५२९ मा सम्पर्क गरिदिन समेत अनुरोध गरेको छ ।
व्लड क्यान्सर भई उपचार गराईरहेका रमेश घिमिरे गुल्मीको हस्तिचौर गाविस ८ को पालुखा माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्दै छन । उनी यही आउँदो चैत्र महिनामा सञ्चालन हुने एसएलसी परीक्षामा सहभागी हुने विद्यार्थी हुन।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग