Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना १० दिनका लागि बन्द हुने

Published on 4:05:00 PM //


कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना १८ फागुन रातिदेखि १० दिनका लागि बन्द हुने भएको छ ।
आयोजनाको ‘टर्वाइन’ मर्मतसंभार गर्नुपर्ने भएकाले विद्युत् उत्पादन १० दिन पूर्णरुपमा बन्द गरिने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता शेरसिंह भाटले बताएका छन् ।
एकसय ४४ मेगावाट क्षमताको उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द हुने भएपनि विद्यमान विद्युत् भार कटौतीमा कुनै फेरबदल नहुने जानकारी उनले दिए । “विद्युत् भार कटौती १२ घण्टा बढी हुँदैन” – उनले स्पष्ट पारे ।
टर्वाइन चुहिएकाले तत्काल मर्मतसंभार अपरिहार्य भएको उल्लेख गर्दै प्रवक्ता भाटले प्राधिकरणको मर्मतसंभार विभागका सम्पूर्ण कर्मचारी परिचालन गरी १० दिनमा पुनः उत्पादन थाल्ने लक्ष्यका साथ काम गरिने बताए ।
रासस

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग