Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अस्लिल एसएमएस पठाउने महिला प्रहरी पक्राउ

Published on 6:06:00 PM //


बिहार, फागुन १६ (एजेन्सी) - उच्च पदस्थ सरकारी अधिकारीलाई भल्गर एसएमएसहरु बारम्बार पठाए बापत एक महिला प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ ।
गयामा कार्यरत २४ वर्षीय प्रहरी कन्स्टेवल ज्योति कुमारीले गरेको एसएमएसकै कारण उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई काउन्सिलिङपछि उनलाई छाडिएको छ ।
कृष्णगञ्जका एसपी मनोजकुमारका अनुसार एक बच्चाकी आमासमेत रहेकी विवाहिता प्रहरीलाई उनकै आमाको जिम्मा लगाइएको छ ।
उनीविरुद्ध प्रहरीमा जाहेरी नपरेको भएपनि विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ। सरकारी कर्मचारीलाई भल्गर एसएमएस र तारन्तार फोन गरेपछि उनकाबारे प्रहरीलाई जानकारी गराइएको थियो ।
प्रहरीले ती महिला प्रहरी मानसिक रोगी भएको हुनसक्ने जनाएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग