Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पेगाँ निमाविको वार्षिक उत्सव सम्पन्न

Published on 7:55:00 PM //


प्रेम सुनार
फाल्गुन २५, गुल्मी । पेगाँ निम्न माध्यामिक विद्यालय बडागाउँ ५ पेगाँ ५१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बडागाउँ श्रोत ब्यक्ति बिनबहादुर गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सव समारोहमा विध्यार्थीहरुले विविध कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एमाले बडागाउँका अध्यक्ष कर्णध्वज जिसीको विशेष आतिथ्यता थियो । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुवेदार शंकर रायमाझीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा शिक्षक समुन्दै रायमाझी र गाविस सहयाक दानबहादुर सोमईको सञ्चालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग