Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीपले च्यापिएर एक जनाको घटना स्थलमै मृत्यु, ३ घाईते

Published on 12:06:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र ५ ।  गुल्मीको वामीमा रोकी राखेको जीप एक्कासी गुडेर च्याँप्दा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य ३ जना व्याक्ति घाईते भएका छन् ।
वामी गाविस वार्ड नं. ८ मालारानीमा वाटोमा रोकिराखेको जीप एक्कासी गुडेर श्रृद्धाञ्जली कार्यक्रम भईरहेको स्थलमा खसेर च्याँप्दा सामुदायिक विद्युतीकरण वामीका अध्यक्ष टेकवहादुर रायमाझीको घटनास्थलमै मृत्यु भएको छ । जिपले च्याँपिएर मानव अधिकारका लागि महिला, एकल महिला समुह वामीकी अध्यक्ष भगवती कक्षपति, नेकपा एमाले वामी गाउँ कमिटीका सचिव कृष्ण काफ्ले र नेपाल मगर संघ वामीका अध्यक्ष टेकवहादुर श्रीस मगर घाईते हुनुभएको छ ।
घाईतेहरुको अहिले वामी स्थित वामी हेल्थ पोष्टमा उपचारका लागि वाटोमै लगिदै गरिएको स्थानीयले वताएका छन् । नेकपा एमाले वामी गाउँ कमिटीका सल्लाहकार सदस्य हर्क बहादुर घर्ति मगरकी श्रीमति स्वर्गीय देउमाया काला मगरको नवौँ दिनको पुण्य तीथिको अवसरमा आयोजित श्रृद्धाञ्जली सभामा सहभागी हुन लु १ च ४१६६ नम्वरको सदरमुकाम तमघासवाट पार्टीका जिल्ला सचिव सोमनाथ सापकोटा सहितका नेता तथा कार्यकर्ताहरुलाई लिएर वामीको मालारानी गएको थियो । घरमाथि वाटोमा रोकिराखेको जीप एक्कासी गुडेर वाटोदेखि करिव १५ मिटर तल श्रृद्धाञ्जली सभा भईरहेको स्थल घरकै आगनमै खसेर उनीहरुलाई च्याँपेको लोकप्रसाद छन्त्यालले वताउनुभयो ।  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग