Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 2:21:00 PM //



-कल्पना पौडेल "जिज्ञासु"
आधा संसार ढाकी सकेका छौ नारी हामी
धैर्यता स्नेह र ममताका हौ धारी हामी

माकुराको जालो जस्तै समस्यामा जेलिएर
डुब्छौ बरु सागरमा आश्रित तारी हामी

आफन्तको सुख सुबिधा ख्याल गर्दा गर्दै
बाच्छौ अरुको लागिनै आकांक्षा मारी हामी

त्याग र बलिदानको कुनै सिमा नराखी
युग देखी बोक्दै जिन्बेवारीको भारी हामी

आमा छोरी बुहारी  धेरै रुप निभाउदै
जित्नु पर्ने सबैको मन सधैं हारी हामी


गैडाकोट -४, नवलपरासी
 हाल:इजरायल

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग