Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा पहिलो पटक हर्दिनेटा गाविस घरभित्रको वायु प्रदुषण मुक्त घोषणा

Published on 8:06:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १८ चैत । गुल्मीको हर्दिनेटा गाउँ विकास समितिलाई जिल्लामा पहलो पटक घरभित्रको वायु प्रदुषण मुक्त गाविस घोषणा गरिएको छ । जिल्ला विकास समिति गुल्मी वैकल्पीक उर्जा प्रर्वद्धन केन्द्र तथा हर्दिनेटा गाविसको सहयोग एवं क्षेत्रीय उर्जा सेवा केन्द्र रेडा पाल्पा र नब प्रभात युवा संघ लुम्छा गुल्मीको प्राविधिक सहयोगमा उक्त गाविसलाई आईतवार घर भित्रको वायु प्रदुषण मुक्त गाविस घोषणा गरिएको हो ।
११ सय ८१ घर धुरि रहेको उक्त गाविसका सम्पूर्ण घरधुरिमा सुधारिएको चुल्हो निर्माण गरिएको छ । घरमा सुधारिएको चुल्हो निर्माण भएपछि उक्त गाविसका गृहिणीहरुले यतिवेला आँखा भरी आँसु चुहाउँदै धुवाँवाट पिल्सिएर चुल्होमा वस्नु पर्ने अवस्थाको अन्त्य भएको वताएका छन् । हर्दिनेटा वाविस सचिव कमद प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एवं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवालीले स्थानीय तहमा प्रविधिको वारेमा जनताहरुमा सचेतना नभएका कारण परम्परागत तरिकावाटै काम गर्ने परिपाटिको विकास भएको भन्दै त्यसको अन्त्यको लागि सवैले आफ्नो घरवाटै सुधार गर्नु पर्ने वताउनु भएको छ । वर्तमान अवस्थामा आफ्नो घरको भान्सा सुधार्न र शौचालय निर्माण गर्ने सक्ने क्षमता हुँदा हुँदै पनि हामीले त्यस कुरामा ध्यान नपुराएका कारण निकै पछाडि परेको भन्दै अव आफ्नो घरको सुधारका लागि आफैले नै पहल गर्न उहाँले सवैलाई आग्रह गर्नु भएको छ ।
कार्यक्रममा जिल्ला विकास समितिका पूर्व जिल्ला विकास समित सदश्य मधुकृष्ण पन्त, नवप्रभात युवा संघका प्रवन्धक धातानन्द भुसाल, रेडा पाल्पाका लेखा तथा प्रशासकीय अधिकृत अर्जुन कार्कि, नेकपा एमाले हर्दिनेटा गाउँ कमिटी उपाध्यक्ष वावुराम अर्याल, लगायतका व्यक्तिहरुले यस्ता कार्यक्रमहरुले स्थानीय समुदायमा जंगलको विनासलाई रोक्न, समयको वचत गर्न र स्वास्थ्य अवस्थालाई विग्रन नदिनकालागि महत्वपूर्ण योगदान गर्ने वताउनु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग