Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोठमा आगलागी, करिव ३ लाख वरावरको क्षति, ३ पशु चौपायाँ मरे

Published on 6:53:00 PM //

पि.एम.मगर
गुल्मी, चैत्र १९ – गुल्मीको पौंदीअमराईमा गएराति एक गोठमा आगलागी हुँदा करिव ३ लाख वरावरको क्षति भएको छ । पौंदीअमराई गाविस १ का तारापति अर्यालको गोठमा गए राति करिव १२ वजेतिर एक्कासी आगलागि हुँदा गोठमा रहेको एक भैसी, एक पाडा र एउटा वाख्रा जलेर मरेका छन् भने एक हल गोरु आगोमा परि घाईते भएका छन् । आगलागीवाट गोठमा रहेका घाँसपात, दाउरा तथा घर वनाउनका लागि तयार पारेर राखिएका काठ समेत जलेर नष्ट हुँदा करिव ३ लाख वरावरको क्षति भएको पीडित परिवारजनले वताएका छन् । मध्यरातमा आगलागी भएकाले कसरी आगलागी भयो भन्ने एकिन नभएको वताईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग