Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रोजगार-स्वरोजगार संवन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न

Published on 7:17:00 PM //

पि.एम.मगर
गुल्मी, चैत्र १९ – द्धन्दपीडितहरुका लागि रोजगार-स्वरोजगार संवन्धी जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी गुल्मीको सदरमुकाम तमघासमा आज सम्पन्न भएको छ । नेपाल सरकार, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, शान्ति प्रकृया सहयोग आयोजनाको पहलमा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा वोल्दै प्रमुख अतिथि गुल्मीका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले द्धन्दको पीडावाट वढी महिला र वालवालिकाहरु पीडित वनेको वताउनुभयो । उहाँले द्धन्दको घाउलाई कम भन्दा कम गर्न द्धन्दलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । आयोजनाका सिनियर इन्जिनियर धु्रवप्रसाद पौडेलले सशस्त्र द्धन्दका क्रममा पीडित भएका व्याक्तिहरुको स्थिति सामान्य तुल्याल्न तथा त्यस्ता व्याक्तिहरुलाई समाजमा पुनस्थापना गरी सम्मानजनक जिवन यापन गर्नसक्ने वातावरण निर्माणका लागि सरकारले यस्तो खालको कार्यक्रम अगाडी वढाएको वताउनुभयो । मनाङ्ग र मुस्ताङ्ग जिल्ला वाहेक सवै क्षेत्रमा यससंवन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन भईरहेको उहाँले वताउनुभयो । समितिका पुर्व संयोजक जीवन रानाको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अभिमुखीकरण गोष्ठी टोमलाल पाण्डेको अध्यक्षता तथा कार्यालय सचिव अनिता ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग