Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आक्रमणकारी शैजु र श्रेष्ठमाथी कार्वाहीको माग

Published on 12:45:00 AM //


प्रेम सुनार
चैत्र २७, गुल्मी । गुल्मेली ब्यबसायीलाई सांघातिक अक्रमण गर्ने पाल्पाली गिरोहलाई तत्काल पक्राउ गरी कडा कार्वाहीको माग गरिएको छ । निर्माण ब्यवसायी संघ गुल्मीका सदस्य नवराज श्रेष्ठलाई हिजो पाल्पाको बतासे डाँडाको सल्लाघारीमा आक्रमण गर्ने निर्माण व्यवसायि संघ पाल्पाका अध्यक्ष वालाम बैजु र ता.न.पा ४ का राजु श्रेष्ठ (होसी राजु) लगायतका आक्रमणकारी जत्थालाई निर्माण व्यवसायि संघ गुल्मीले कार्वाहीको माग गरेको हो ।
पाल्पा स्थित पश्चिमाञ्चल सडक डिभिजन कार्यालय नं. ३ मा बोलपत्र सम्बन्धी संस्थागत रुपमा काम लिएर गएका निर्माण व्यवसायी संघ गुल्मीका सदस्य नवराज श्रेष्ठ, सुनिल महर्जन र गगन केसी मध्ये अन्य भाग्न सफल भएपनि श्रेष्ठ माथि ठूलो जत्थाले अचानक आक्रमण गरी गम्भिर घाइते बनाएको निर्माण व्यवसायि संघ गुल्मीले जनाएको छ । निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष हरिप्रसाद न्यौपानेद्धारा हस्ताक्षरित विज्ञप्तिमा आक्रमणकारीको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय पाल्पामा दिई सक्दा पनि अहिलेसम्म अपराधी पक्राउ नपरेको प्रति गम्भिर ध्यानाकृष्ट भएको उल्लेख छ ।
निर्माण व्यवसायि संघ गुल्मीले आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा ज्ञापन पत्र बुझाई आक्रमणकारी जत्थालाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाललाई सम्वोधन गर्दै संघले आवस्यक सहयोगका लागि पाल्पा प्रशासन, गुल्मी, पाल्पा प्रहरी र रुपन्देही प्रहरी प्रशासनलाई समेत आग्रह गरेका छ । पाल्पाका मानिसहरुबाट गुल्मीका निर्माण व्यवसायीहरु असुरक्षित हुँदै आइरहेको अवस्थामा पाल्पा निर्माण व्यवसायी संघका अध्यक्ष जस्तो जिम्मवार व्यक्तिको सुनियोजित योजनामा गुल्मेली व्यवसायि श्रेष्ठ माथिको आक्रमण सिंगो गुल्मेलीहरुमाथिको आक्रमण हो भन्दै संघका अध्यक्ष न्यौपानेले जिल्लाका सबै राजनीतिक दल र सञ्चारकर्मिहरुसँग सहयोगको अपिल गरेका छन् ।
२०४७ सालदेखि पाल्पाको दादागिरीबाट गुल्मेलीहरु उत्पीडनमा पर्दै आएको संघका निवर्तमान अध्यक्ष बालसिंह काउछाले बताए । पाल्पामा कुनै टेण्डर राख्न वा सोधपुछको लागि जाँदा राती होटलमा बस्दा समेत कतिबेला पाल्पालीले के गर्छन भन्ने डर भोग्दै आएको बताउँदै काउछाले भने यो लोकतन्त्रमा पनि पाल्पाबाट दमित र शोषित हुनुपरेको छ । अधिकांश विकास निर्माणको काम गुल्मीका हुन्छन् संघका महासचिव नारायण पोखरलले भने ति कामको ठेक्का गुल्मीका निर्माण व्यवसायीले लिन खोजे भने असुरक्षित हुनुपर्ने अवस्था छ ।
गुल्मीका १४ वटा विकास निर्माणको प्याकेज मध्ये हिजो १ करोड ७० लाखको बोलपत्र भैरहेको बेला पाल्पालीहरुबाट आक्रमण भएको बताइएको छ । सिमित केही पाल्पाली निर्माण व्यवसायिहरुले गुल्मेली व्यवसायिहरुलाई ठेक्कापट्टामा गुण्डा लगाएरै पर्न टिक्न नदिने गरेको गुल्मेलीहरुको आरोप छ । पेशेवर गुण्डा पालेरै निर्माण व्यवसायी संघ पाल्पाका अध्यक्ष बालाम सैजुले योजना बनाउने र पाल्पा स्थाई बसोबास भई बुटवलको सुख्खानगर बस्दै आएका होसी राजुुले गुण्डा परिचालन गर्ने गरेको संघका पदाधिकारीहरुले जनाएकाछन् ।
पाल्पामा जाने असुरक्षा भएपछि गुल्मीमै सव डिभिजन कार्यालय राखिनु पर्ने निर्माण ब्यवसायी संघ गुल्मीले माग गरेको छ । यो लोकतन्त्रमा पनि कति दिन पाल्पाको दादगिरी सहने ? काउछा , न्यौपाने लगायतका पदाधिकारीहरुले सयुक्त रुपमा दलका नेतहरु समक्ष शव डिभिजन कार्यालय गुल्मीमा राख्नका लागि पहल थाल्न आग्राह गर्दछौ ।
दलका नेताहरुले पनि पाल्पाले गुल्मीको हरेक क्षेत्रमा दादागिरीको सामना गर्नु परेका बताए । सडक, विद्युत हरेक कुरामा पाल्पाको हैकम सहनु परेक छ एकिकृत नेकपा माओबादीका नेता बुद्धि जि.सी.ले भने शहरी विकास तथा भवन निर्माण, सहकारी डिभिजन र सडक डिभिजन सबै उहि भएकोले भने पाल्पाको दादागिरी गुल्मीले सहनु परेको हो अव राजनैतिक रुपले नै समधान गनु जरुरी दखिन्छ ।
नेकपा एमाले नेता टोमलाल पाण्डेले पनि पाल्पाको दादागिरी अन्त्य हुनु पर्ने र अपराधीहरुलाई तत्काल कार्बाही हुनु पर्ने माग गरे । राष्ट्रिय जनमोर्चा प्रतिनिधी हरि न्यौपानेले पनि पाल्पाले गुल्मी माथी श्वेत आतंक मच्चाउदै आएको र विकास निर्माणमा ब्रम्हलुट मच्चाउँदै आएको आरोप लगाए । राप्रपाका भरतबहादुर चन्दले पनि तत्काल ति अपराधीहरु पक्राउ गरी गुल्मीले भोग्नु परेको दादागिरी अन्त्य हुनु पर्ने बताए ।
निर्माण ब्यवसायी संघ पाल्पाका अध्यक्ष बालम बैजुले ५० ÷६० हजार रुपैयाँ खाएर बाहिरी जिल्लाका मानिसहरुलाई लाईसेन्स दिने गरेको र होसी राजुले गुण्डा लगाएरै लुट्ने गरेको काउछाले आरोप लगाए । हामी गुल्मेलीहरु साह्रै असुरक्षित भएका छौ अध्यक्ष न्यौपानेले भने माथील्लो निकाय र राजनैतिक नेतृत्वले स्वतन्त्र पुर्वक काम गर्ने बातबरण मिलाओस । आक्रमणको विरोधमा संघले पाल्पाका निर्माण ब्यवसायीहरुबाट निर्माण शुरु भएको जिल्ला प्रशासन कार्यालय भवनर चारपाला घुम्तीदेखि तम्घासको कालोपत्रे गर्ने कार्य बन्द गराएको छ । अपराधीलाई कार्वाही नभए सम्म अन्य विकास निर्माण पनि बन्द गरेर कडा आन्दोलनमा उत्रिने संघका सचिव हरिप्रसाद श्रेष्ठले बताएका छन् । उनिहरु माथी कडा कार्वाही नभए हामीहरु शसक्त आन्दोलनको तैयारमा लागेका छौ महासचिव पोख्रेलले भने । अध्यक्ष न्यौपानेका अनुसार पाल्पाली निर्माण ब्यवसायीले गुणस्तर कार्यमा जति लापवाही गरेपनि ति निर्माण कार्य पास हुन्छन् तर गुल्मेली व्यवसायीहरुले गुणस्तरमा कुनै किशिमको सम्झौता नगरे पनि दुख दिने गरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग