Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा खेत जोत्ने हाते ट्याक्टर किन्न जिविसको अनुदान, कृषकहरु आकर्षित

Published on 12:57:00 AM //


पि.एम.मगर
गुल्मी, चैत्र २७ – गुल्मी जिल्लाको दश वर्षे कृषि योजना अन्तरगत जिल्ला विकास समितिले हाते टयाक्टर खरिद गर्न चाहने कृषकहरुलाई ५० प्रतिशत अनुदान दिने भएपछि कृषकहरु आकर्षित भएका रहेछन् ।
दश वर्षे कृषि योजना सफल पार्न कृषक समुहलाई पनि जिल्ला बिकास समितिले ५० प्रतिशत अनुदान दिने निर्णय गरिएको स्थानिय विकास अधिकारी हरीप्रसाद ज्ञवालीले बताउनुभयो । विन्दवासीनी कृषक समुह अर्खले ७ ले जिल्ला विकास समितिवाट यस्तो अनुदान पाईसकेको छ ।
पहिलो पटक हाते टयाक्टरको जोताई नियाल्दै त्यहाँका कृषकहरु ।
तस्बिर: प्रेम सुनार 
आज स्थानीय विकास अधिकारी ज्ञवालीले अर्खले स्थित कृषकहरुकै बारीमा पुगेर समुहलाई ट्याक्टरको चाँवी हस्तान्तरण गर्दै हाते टयाक्टर जोताईको फाईदाबारे बुझ्नु भएको थियो । हाते ट्याक्टर अनुदानका लागि यस वर्ष जिल्ला विकास समितिले ५ लाख रुपैयाँ छुट्याएको छ । अनुदान रकम क्रमश बृद्धि गर्दै जाने र आधुनिक कृषि उत्पादनबाटै जिल्लाको मुहार फेर्न योजनामा जिल्लाको पुरै संयन्त्र लागेको ज्ञवालीले जानकारी दिनुभयो ।
कफी बेसार र अदुवा अनि ब्यबसायीक तरकारी उत्पादन, भण्डारण र वजार ब्यबस्थापनमा समेत जिल्ला विकास समिति लागी परेको छ । स्थानिय विकास अधिकारी ज्ञवालीले गौडाकोटको उदाहरण दिदै त्यस स्थानमा पानी नभएको रुखो डाँडामा पनि प्लाष्टिक पोखरी निर्माण गरेर व्यवसायिक तरकारी खेती गरिरहेको र यसवाट पनि सवैले पाठ सिक्नुपर्ने वताउनुभयो । त्यतिमात्र नभई गौडाकोटका कृषकहरुले झण्डै तिन सय मिटर तल रहेको पानी लिफ्टीङ्ग सिस्टम प्रविधिबाट माथि डाँडामा खसाली ब्यबसायीक तरकारी खेतीका लागि नमुना कृषक बनेको उहाँले वताउनुभयो ।
त्यस्तै सदरमुकाम नजिकैका अर्खलेका कृषकहरु पनि वर्षौँ अघिदेखि दुध, तरकारी उत्पादन गरी सदरमुकाम तम्घासमा दैनिक विक्री गर्दै आएको र त्यही पेशाबाट छोराछोरीलाई पढाई डाक्टर ईन्जीनियर र प्राध्यापकसम्म बनाउन सफल भएको उहाँले उदाहरण पेश गर्नुभयो । हर बखत खेतबारीमा देखिने अर्खले ७ का कृषक पछिल्लो चरण गौचरनको समस्याले गोरु पाल्न मुस्कील परेको बताउने कृषकहरु हाते ट्याक्टर प्राप्त गरेपछि निक्कै हर्षित वनेका छन् ।
विन्दवासानी कृषक समुह अर्खले ७ का अध्यक्ष वेदप्रसाद भण्डारीलाई साईरन
हाते टयाक्टरको चाँवी हस्तान्तरण गर्दै गुल्मीका स्थानिय विकास अधिकारी
 हरीप्रसाद ज्ञवाली । तस्बिर: प्रेम सुनार
पुर्कोटदह, चौरासी, अस्लेवा लगाएतका क्षेत्रमा पनि केही वर्ष अघिदेखि नै हाते टयाक्टर सुरु भएको छ । अर्खलेमा सम्पन्न हस्तान्तरण कार्यक्रममा समाजसेवी सोमनाथ सापकोटा, ब्राईट फ्युचर इन्टरनेशनल प्रा.लि. काठमाण्डौक प्रबन्ध निर्देशक शोभा पौड्याल लगयतको सहभागिता थियो । विन्दुवासीनी कृषक समुह अर्खले ७ का अध्यक्ष वेदप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चन्द्रकान्त भण्डारीले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग