Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जानकीले ल्याइन् "जीत"

Published on 5:02:00 PM //


गुल्मेली गीतकार तथा संगीतकार जानकी पन्थले आफूले पहिलोपटक गीतसमेत गाएको एल्बम सोमबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गराएकी छिन्।

जीत नामक सो एल्बमको संगीतकार शम्भुजित बाँस्कोटा, रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारी, गीतकार बुलु मुकारुङ, योगेन्द्रमणि दाहाल, विन्ध्यवासिनी म्युजिक प्रालिका सुवास रेग्मीलगायतले सामूहिकरूपमा विमोचन गरेका थिए।

कार्यक्रममा संगीतकार बाँस्कोटाले विमोचित एल्बम र जानकीको बहुप्रतिभाको चर्चा गरेका थिए भने रोयल्टी समाजका अध्यक्ष अधिकारीले एल्बमका गीतहरू कर्णप्रिय भएकाले श्रोतामाझ चाँडै लोकप्रिय हुने सम्भावना बोकेको बताए।

एल्बममा रोकिन लाग्यो, बोल्न केही, नलगाऊ नलगाऊ माया, अनायासै सोध्यँै, मायाकै पिडा, यो एउटै ज्यानका बोलका कुल आधा दर्जन गीत छन् भने दुई गीतको म्युजिक ट्रइक पनि राखिएको छ। यी गीतहरूलाई जानकीका साथमा स्वरूपराज आचार्य, सत्यराज आचार्य, निशा देशार, संगम पन्त, रूपक डोटेल र सन्तोष लामाले गाएका छन्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग