Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

थोर्गा च्यूरेक निमाबिको ५१ औं बार्षिक उत्सब सम्पन्न

Published on 12:59:00 AM //


चन्द्रकान्त खनाल
रुपन्देही, चैत्र २८ । थोर्गा च्यूरेक निम्न माध्यमिक बिद्यालय गुल्मीको ५१ औं बार्षिक उत्सब तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले बिद्यालयको शैक्षिक बिकास र शैक्षिक जागरणका लागि सबैको एकता जरुरी रहेको बताए । उनिहरुले बिद्यालयलाई जिल्लामै नमुना बनाउनका लागि सबै लाग्नुपर्ने औंल्याएका थिए ।
बिद्यालयका अध्यक्ष बसन्त बहादुर क्षेत्रिको सभापतित्व तथा शिक्षक अभिभाबक संघका अध्यक्ष भिम बहादुर पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक दामोदर ज्ञवालीले बिद्यालयको शैक्षिक तथा बार्षिक प्रतिबेदन पेश गर्नुभयो ।शिक्षक ऋषिराम ज्ञवाली र बिद्यार्थि बिपिन क्षेत्रिको स्वागतमा भएको कार्यक्रममा रिडी उच्च माबिका क्याम्पस प्रमुख रोहित भण्डारी, संस्कृत तथा साधारण माबि रिडीका शुशिल यादब, मनकामना प्राबिका रोमनाथ ज्ञवाली, पत्रकार छबि ज्ञवाली, स्थानिय बुद्धिजिबी चेत बहादुर क्षेत्रि, शिक्षक मधु पोख्रेल लगायतले बोल्दै बिद्यालयको उज्वल भबिश्यको कामना गरेका थिए ।
कार्यक्रममा बिद्यालयले बार्षिक रुपमा संचालन गरेका बिभिन्न बिधाका उत्कृष्ट बिद्यार्थिहरुलाई पुरस्कार,छात्रबृत्ति तथा सम्मान प्रदान गरिएको थियो भने नियमित बिद्यालयमा उपस्थित भएको भन्दै बिद्यालयका सह—प्रधानाध्यापक लक्ष्मण ज्ञवालीलाई सम्मान गरिएको बिद्यालयले जनाएको छ । कार्यक्रममा बिभिन्न संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो ।बिद्यालयले स्वर्ण जयन्ती बर्षको उपलक्ष्यमा प्रकाशन गर्न लागेको स्मारिका अन्तिम तयारीमा रहेको जनाएको छ । बिसं २०१८ सालमा स्थापना भएको बिद्यालयमा साढे ४ सय बिद्यार्थी अध्ययनरत छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग