Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काँग्रेस उपसभापतिको प्रस्तावमा जनजातिको विरोध

Published on 1:02:00 AM //


पि.एम.मगर
गुल्मी, चैत्र २० । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद गुल्मीले सवै जातजातिलाई आदिवासी मान्ने काँग्रेसको प्रस्तावको विरोध गरेको छ ।
महासंघले आज विज्ञप्ती जारी गरेर सवै जातजातिलाई आदिवासी वनाउने काँग्रेसको निर्वाचन संवन्धी एजेण्डाको प्रस्तावको विरोध गरेको हो । महासंघले काँग्रेसको सो प्रस्तावले आफुहरुलाई गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपसभापति रामचन्द्र पौडेलले महासमिति वैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनमा नेपाल एकीकरण हुँदाको सवै जातजातिलाई आदिवासी मान्नुपर्ने प्रस्ताव उल्लेख छ । इतिहाँसदेखि वर्तमानसम्म नेपालका आदिवासी जनजातिहरुले नेपाली काँग्रेसलाई धेरै सहयोग गर्दै आईरहेको र नेपालको राज्य सत्ताको नेतृत्वमा पटक पटक पु¥याउन खेलेको भुमिकाका विषय भुलेर लोकतन्त्रको क्रमिक विकासको विरुद्ध काँग्रेस विपरीत दिशातर्फ उन्मुख भएको महासंघले ठहर गरेको छ । नेपालका संपुर्ण आदिवासी जनजातिहरुको विरुद्ध षड्यन्त्रपुर्ण ढङ्गले आएको राजनैतिक प्रतिवेदनलाई राम्रोसँग वुझेको भन्दै महासंघले नेपालका संपुर्ण आदिवासी जनजातिहरुको पहिचानको विरुद्धमा आएको प्रतिवेदन तुरुन्त सच्याई संशोधन गर्नका लागि अनुरोध समेत गरेको छ । प्रतिवेदन नसच्याए आदिवासी जनजातिहरुले नेपाली काँग्रेसलाई सहयोग नगर्ने र प्रतिवेदनको विरुद्धमा कडा आन्दोलन गर्ने चेतावनी समेत महासंघले दिएको छ । महासंघकी सचिव कमला पुन मगरद्धारा हस्ताक्षरित विज्ञप्तीमा ठुला दलहरुमा आदिवासी जनजातिको पहिचानलाई अस्वीकार गर्ने प्रवृति देखिदै गएका वेला काँग्रेसको धारणाले आदिवासी जनजातिहरुलाई दुखित र आक्रोशित तुल्याएको जनाइएको छ । महासमितिको वैठकले पारित गरेको राजनैतिक प्रतिवेदन विश्वव्यापी आदिवासी जनजातिको परिभाषा विपरीत भएको ठहर समेत गरिएको छ । नेपाल सरकारको २०५२ र २०५८ को आदिवासी जनजातिको परिभाषा विपरित यो प्रतिवेदन आएको र अव वन्ने नेपालको नयाँ संविधानमा आदिवासी जनजातिहरुको पहिचानलाई मेटाउने षड्यन्त्रको रुपमा आएको प्रतिवेदनमा उल्लेख छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग