Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्लाको पहिलो पर्यटकिय बनभोज स्थल दारेढुङ्ग पार्क ? (फोटो फिचर)

Published on 2:39:00 AM //

प्रेम सुनार
गुल्मी । आकर्षणको दृष्‍टिले जिल्लाकै पहिलो मानिएको रेसुङ्गा क्षेत्र दारे ढुङ्गा पार्क तथा पिकनिक स्पट यति बेला निकै चर्चामा रहेको छ । समुन्द्री सतहदेखि करिव १८ सय मिटर उचाईमा प्रशिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र रेसुङ्गाको काखमा अबस्थित उक्त पार्कमा पिकनिक एवं रमाईलोको लागि जानेहरुको भिड बढेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयबाट विनियोजित करिव २५ लाख लागतमा निर्मित उक्त पार्कमा ४ वटा गोल घर, एउटा भान्सा घर, एउटा प्लास्टिक पोखरी, एउटा धारा र खानेपानी संकलन गर्ने टंकी समेत रहेको छ । बनभोज जानेहरुले भाँडा बोकेर जानु पर्दैन सवै त्यही उपलब्ध रहेको बताउनुहुन्छ निर्माण समितिका सचिव गोकर्ण कार्की ।

गौँडाकोट र दुविचौर गाविसको सिमनामा पर्ने उक्त पार्क सम्म पुग्ने मोटरबाटो भएता पनि एक किलोमिटर तलदेखि हिड्नु पर्दछ । पूर्वमा गुल्मी र पाल्पाका मनोरम गाउँबस्तीहरु, उत्तर तर्फ गुल्मी, बाग्लुङ्ग, पर्वत र पोखरा तर्फका मनोरम हिम श्रृखला एव कालिगण्डकी र रुद्रावती नदि र चारैतिरका सुन्दर बस्तीहरु नियाल्दा दिन गएको पत्तै नहुने उक्त स्थान एकान्त, शान्त र मनोरम छ । त्यही सम्म पुग्ने मोटरबाटो खन्ने प्रयास भएको समितिका अध्यक्ष रामबहादुर थापाले बताउनुभयो ।
रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीले निर्माण गरेका अन्य पार्क मध्ये उचाईमा रहेकोले त्यो पार्कमा धेरैको आकर्षण बढेको समितिका अध्यक्ष निमबहादुर पाण्डेले बताउनुभयो । ‘समितिले दुबिचौरमा पनि रानीपोखरा बनभोजस्थल निर्माण गरेको छ –पाण्डेले भन्नुभयो – त्यहाँ पनि गत वर्षदेखि पिकनिक जानेहरुको संख्या बढेको छ भने हालै उद्घाट गरीएको दारे ढुङ्गा पिकनिक स्पटमा त झन छिट्टै मानिसहरुको आकर्षण बढ्यो।’ दारे ढुङ्गामा अझै आवस्यक भौतिक पूर्वाधारहरु निर्माण गर्न बाँकी रहेकोले मन्त्रालयबाट थप रकम परे अरु आकर्षणको केन्द्र बन्ने पाण्डेको भनाई छ ।
दारेढुँगा पिकनिक स्पट सदरमुकाम तम्घासबाट मोटर साईकलमा १५ मिनेटमा पुग्न सकिन्छ भने हिडेर करिव एक घण्टामा पुगिन्छ । तपाईँपनि पुग्ने कि एकपटक दारेढुँगा पिकनिक स्पटमा ? यदी पुग्नुभएको छैन भने आउनुस् हेरौ सोही पार्कका केही तस्बिरहरु:







माथिका सम्पूर्ण तस्बिरहरु अशोक थापाले खिच्नुभएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग