Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल तरुण दल अमरपुरमा खरेल

Published on 4:45:00 PM //


अनिल खत्री
गुल्मी, बैशाख १५ । नेपाल तरुण दल अमरपुर गाँउ कार्यसमितीको गाँउ अबिधेसन सम्पन्न भएको छ । अधिवेसनले तिलकराम खरेलको अध्यक्षतामा २३ सदस्यिय गाँउ कार्यसमिती समेत चयन गरेको हो जसको उपाध्यक्षमा कमल पराजुली, सचिव मान बहादुर बस्नेत, कोषाध्यक्ष मिना महत रहनु भएको छ भने जिल्ला अधिवेसन प्रतिनिधीहरुमा देबकला महत, शेर बहादुर सुनार, टिकाराम अर्याल र रेशम कुवँर रहनु भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस पुर्व जिल्ला सभापति सुरेशचन्द्र भुसाल, बरिष्ट नेता प्रेमनाथ आर्याल, सचिव छन्द बहादुर पहराई, नेपाल तरुण दल गुल्मीका अध्यक्ष खिलध्वज पन्थी, महासमिती सदस्य बिष्णु पन्थी, महाधिबेसन प्रतिनिधी कृष्ण बहादुर नेपाली, नेपाली कांग्रेस अमरपुर गाउँ कार्यसमिती अध्यक्ष नर बहादुर अर्याल, सचिव रेशम कुवँर, लिला पाण्डेय लगायतले समसामयिक राजनितीक अबस्थाको बारेमा मनतब्य राख्नु भएको थियो ।
कार्यक्रम नेपाल तरुणदल अमरपुर गाउँ कार्यसमिती अध्यक्ष तिलकराम खरेको अध्यक्षता, बिष्णु महतको स्वागत मन्तब्य र टिकाराम अर्यालको संञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग