Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, गुल्मीको अध्यक्षमा खत्री चयन

Published on 4:57:00 PM //


संगिता कुवँर,
गुल्मी, वैशाख १५ गते । लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, गुल्मीको चौथो जिल्ला अधिवेशनले खुमवहादुर खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । प्रतिष्ठानको नवनिर्वाचित नेतृत्वमा उपाध्यक्ष विष्णुकुमारी सापकोटा, सचिव जनक पन्थ, सहसचिव यम खत्री, कोषाध्यक्ष हरी खत्री रहनुभएको छ । त्यस्तै वरिष्ठ सदस्यमा टिकाराम पोखरेल, अन्य सदस्यहरुमा उदय पुन, प्रकाश वस्नेत, लोकन्द्र कुवँर, कृष्ण विश्वकर्मा, तुलसीराम परियार, शुसिला थापा, शोभा विश्वकर्मा, सन्तोषी टण्डन, कमल रिजाल लगायत रहनुभएको छ ।
लामो समयको प्रयासपछि राती अवेर मात्र सर्वसम्मत रुपमा समितिको गठन भएको थियो ।

नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डलको संयोजकको रुपमा भिम न्यौपानेले जिम्मेवारी सम्हाल्नुभएको थियो । वन्द सत्रमा प्रतिष्ठानका केन्द्रीय सदस्यहरु नारायण खनाल लेकाली नविन पौडेल, रुपन्देहीका निवर्तमान अध्यक्ष वैकुण्ठ महत, निवर्तमान उपाध्यक्ष नारायण भुसाल, पाल्पाका निवर्तमान अध्यक्ष हुम गैरे, गुल्मीका संस्थापक अध्यक्ष लक्ष्मण खड्का, लोकप्रिय गायक खुमन अधिकारी लगायतको उपस्थिति रहेको थियो । प्रतिष्ठानले चौथो अधिवेशनको उद्घाटन सत्रमा विभिन्न साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग