Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिलो पटक तम्घासमा निजी क्षेत्रबाट महिला आवास गृह

Published on 12:12:00 PM //


प्रेम सुनार
बैशाख १, गुल्मी । नव वर्षको आगमनसंगै अव तम्घासमा पढ्न आउने छात्राहरुलाई कोठा खोज्ने झण्झट कम हुने भएको छ । यहाँका एक युवाले नव वर्षको पहिलो दिन देखि तम्घासमा महिला आवास गृह सञ्चालन गरेपछि यस्तो झण्झट कम हुने भएको हो ।
तम्घास ४ खानी गाउँ चौराह देखि तल शान्ति समिति रहेको भवनमा रेसुङ्गा महिला आवास गृह सञ्चालन गरेका हुन अर्खले ९ भाडगाउँका २८ वार्षिय युवा अनिल बस्नेतले । ५ लाख लागतमा आजदेखि सञ्चालन गरिएको रेसुङ्गा आवास गृहको उद्घाटन रेसुङ्गा क्याम्पसका पुर्व क्याम्पस प्रमुख एवं नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष शशि पन्थीले गरेका हुन् ।
प्रमुख अथिती पन्थीले नव युवा वस्नेतले श्रृजनशिल काम गरेको भन्दै अवका सवै युवाहरुले यस्तै विभिन्न प्रकारका श्रृजनशिल कार्यमा लाग्नु पर्नेमा जोड दिएका थिए । छात्राहरु एउटा कोठामा कम्तीमा ३ जना र बढीमा पाँच जना बस्न सक्ने, त्यही खाना, सबैखाले सुविधा उपल्वध हुने आवस गृहमा प्रति महिलाले भर्न शुल्क १५ सय र मासिक ५ हजार तिर्नु पर्ने छ । ब्याक्तिगत कोठाको भन्दा उच्च सुविधा सम्पन्न अवास गृहमा स्ववस्यकर भोजन, विजली पानी्, संञ्चार सेवा, स्वास्थ्य, ज्ञान मनोरञ्जन, त्यही टयुशन र पारिवारिक वातबरण उपलब्ध हुने ब्यबस्थापक अनिल बस्नेतले बताए । आवास गृहमा महिलाहरुको सुरुक्षा , आदी लगायतका विषयमा भिविन्न नियमहरु बनाईएको र उनिहरु पर्णतः सुरक्षित पारिवारिक बातबरणमा पढन पाउने बस्नेतले बताए ।
उद्घाटन कार्यक्रममा पुर्व क्याम्पस प्रमुख प्रेमनाथ अर्याल, प्राध्यपकहरु पदम पाण्डे, गुणानिधी शर्मामा , यमबहादुर क्षेत्री, हेमराज मरासीनी, कृष्ण भण्डारी, ढुण्डीराज पोखे्रल र रिडर्स पव्लिक हाई स्कुल तम्घास खानी गाउँका प्रिन्सिपल श्रीप्रसाद भलामी लगायतको सहभागिता थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग