Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शैक्षिक युवा बेरोजगार देशको मुल समस्या ः एमाले नेता ज्ञवाली

Published on 12:13:00 AM //


पि.एम.मगर
गुल्मी, चैत्र ३१ गते । नेकपा एमाले पोलिट ब्यूरो सदस्य एबं पुर्व मन्त्री प्रदिप कुमार ज्ञवालीले शैक्षिक युवा बेरोजगार देशको मुल समस्या भएको बताउनु भएको छ । युवा संघ नेपाल तम्घास गाउ कमिटीको प्रथम गाउँ अधिबेसनको मदन आश्रीत स्मृती भवन तम्घासमा उदघाटन गर्दै नेता ज्ञवालीले यस्तो बताउनु भएको हो ।
बढ्दो युवा बेरोजगारी समधानका लागि राज्यले प्रभावकारी काम गर्न नसकेको र निर्माण गरिएका निती तथा कार्यक्रमहरु पनि राजनितीक स्वार्थ सिद्धीका लागी एकिकृत नेकपा माओवादीले कार्यकर्ता भरण पोषणमा दुरुपयोग गर्न खोजेकाले आम युवाको समस्या समाधानका लागि प्रभावकारी काम हुन नसकेको दाबी गर्नुभयो ।
राजनितीक अस्थिरता र संक्रमणकालिन परिस्थितीमा जनताको अपेक्षा अनुसार काम हुन नसकेको स्विकार गर्दै राजनितीक निकास र संघिय लोकतान्त्रिक गणतन्त्र शुनिश्चत भएको जनताको संबिधान निर्माणका लागी आगामी संबिधान सभाको निर्वाचनमा नेकपा एमालेलाई प्रथम शक्तिको रुपमा स्थापित गर्न आबश्यक काम गर्न युवाहरुलाई निर्देशन दिनुभयो । अधिबेसनले आगामी २ वर्षका लागी मणिरत्न भण्डारीको अध्यक्षतामा ३१ सदस्यिय तम्घास गाउ कमिटीको गठन गरेको छ । कमिटीको उपाध्यक्षमा भरत काउछा, सचिव रमेश दर्लामी, सहसचिव राजु बराल, कोषाध्यक्ष रेखा बस्नेत लगायत रहनु भएको छ ।
कार्यक्रम नेकपा एमाले पोलिट ब्यूरो सदस्य एबं पुर्व मन्त्री प्रदिप कुमार ज्ञवालीको प्रमुख आतिथ्यता सम्पन्न उक्त अधिबेसनमा युवा संघ नेपालका केन्द्रिय सदस्य एबं लुम्बिनी अञ्चल इन्चार्ज हिमाल श्रेष्ठ, नेकपा एमाले गुल्मी जिल्ला अध्यक्ष टोमलाल पाण्डेय, उपाध्यक्ष मधुकृष्ण पन्त, युवा इन्चार्ज गणेश श्रीपाली, जिल्ला पार्टी सचिवालय सदस्य जंग नेपाली, जिल्ला कमिटी सदस्य लक्ष्मण ज्ञवाली, युवा संघ गुल्मीका अध्यक्ष कृष्ण बिश्वकर्मा, उपाध्यक्ष मोहनप्रसाद पाण्डे, युथफोर्स प्रमुख मनोज काउछा, अनेरास्वबियू अध्यक्ष ओमबहादुर कार्की लगायतले प्रशिक्षण मन्तब्य राख्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग