Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी काँग्रेसद्धारा शोक वक्तव्य जारी

Published on 8:53:00 PM //


पि.एम.मगर
गुल्मी, वैशाख ०९ । आफ्नो पार्टीका जिल्ला सचिव विष्णुप्रसाद वलालका पुज्यनीय पिताको निधनप्रति नेपाली काँग्रेस, जिल्ला कार्य समिति गुल्मीले आज शोक विज्ञप्ती प्रकाशित गरी समदेना प्रकट गरेको छ ।
जिल्ला सचिव वलालका पिता दिपक वलालको यही वैशाख ६ गते हृदयघात भई उपचारका क्रममा ६१ वर्षको उमेरमा भएको असामयिक निधनको खवरले नेपाली काँग्रेसलाई भाव विभोर र स्तव्ध वनाएको शोक विज्ञप्तीमा उल्लेख छ । जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा दिपक वलालको निधनले काँग्रेसले एक प्रजातन्त्रवादी, निष्ठावान अभिभावक गुमाउनु परेको वताउँदै शोकको यस घडीमा शोक सन्तव्ध परिवारजनप्रति समवेदना समेत प्रकट गरिएको छ ।
त्यस्तै नेपाल विद्यार्थी संघका जिल्ला उपसभापति निरोज मरासिनीका पिता कुस्माखर मरासिनीको पनि यही वैशाख ५ गते ८२ वर्षको उमेरमा भएको आकस्मिक निधनले पार्टीलाई दुःखी तुल्याएको वताउँदै दुःखको घडीमा शोक सन्तव्ध परिवारजनप्रति समवेदना प्रकट गरेको छ । शोक विज्ञप्तीमा सवैका अभिभावकको रुपमा रहनुभएका स्वर्गीय मरासिनी प्रजातन्त्र र नेपाली काँग्रेसप्रति देखाउनु भएको अगाध आस्था र निष्ठा आगामी पुस्ताका लागि समेत प्रेरणाको श्रोत वनेको र उहाँको निधनले पार्टीलाई नै अपुरणीय क्षति पुगेको उल्लेख छ । साथै स्वर्गीय वलाल र मरासिनीले पार्टीमा पु¥याउनुभएको योगदान र देखाउनुभएको वाटोलाई अवलम्वन गरेर अगाडी वढ्न सके उहाँहरुप्रति सच्चा श्रृद्धाञ्जली हुने विज्ञप्तीमा जनाईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग