Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेमौसमी झरीका कारण जनजीवन प्रभावित, ग्रामीण सडक अवरुद्ध

Published on 8:49:00 PM //


कविता घर्ती मगर
बाग्लुङ, बैशाख ९ । केहि समय यता परेको बेमौसमे झरीका कारण बाग्लुङ जिल्लाको जनजीवन प्रभावित बनेको छ भने ग्रमिण सडकहरु अरुद्ध बनेका छन् । केहि दिन यता परेको लगातार असिनापानीले जिल्लाको विभिन्न स्थानका स्थानिय कृषकहरुको हिउँदे बालीमा क्षति पुयाएको छ । त्यसैगरी शुक्रबार दिउँसो देखि झन बढी पानी परेका कारण जिल्लाका सबै गाविसहरुमा तथा उच्च क्षेत्रहरुमा जाडो समेत बढेको छ ।
झरीका कारण बागलुङ जिल्लाका सबै गाविसहरुमा जाने ग्रामीण सडकमा यातायात अबरुद्ध बनेको छ । झरीका कारण कच्ची सडक हिलो भएपछि यातायात सञ्चालनमा अवरुद्ध बनेको भएको हो  । यातायात संचालनमा आउन नसकेपछि ग्रामीण क्षेत्रमा जाने यात्रुहरुका साथै खाद्यान्न सामग्रीसमेत ढुवानी हुन सकेको छैन । सडक हिलो भएका कारण सवारीका साधन सञ्चालन हुन नसकेको बुर्तिबाङ यातायात ब्याबसायी समितिले जानकारी दिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग