Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"अनुगमनकर्ताको छनौट राजनीतिरुपवाट होईन दक्षताको आधारमा हुनुपर्छ"

Published on 8:57:00 PM //


संगिता कुवँर
गुल्मी, वैशाख ०९ । २०६९ सालको एसएलसी परीक्षामा अनुगमनकर्तालाई राजनितिक तरीकाले छनौट गरेको आरोप लगाउँदै आगामी दिनमा राजनितिक तवरले नभई दक्षताका अधारमा छनोट गनुपर्नेमा एक कार्यक्रमका सहभागीले बताएका छन् ।
सदरमुकाम तम्घासमा जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एसएलसी समीक्षात्मक कार्यक्रमका सहभागीले यस्तो बताएका हुन । उनिहरुले गुल्मी जिल्लामा सँस्थागत बिद्यालय र सामुदायिक बिद्यालय भनि शैक्षिक सँस्थालाई पनि दुई स्तरमा बाँडेको आरोप लगाएका छन् ।
अन्तर्कृया कार्यक्रममा बिगतका बर्षमा जस्तै प्रश्नपत्र छपाईमा पनि गुणस्तरीयता नभएको र प्रश्नपत्र छपाईमा कमसल खालको कागजको प्रयोग गरीएको बताएका थिए । सोही कार्यक्रममा जिल्लामा शैक्षिक सँस्थाहरुले बिभिन्न बाहानामा शुल्क लिने गरेकोले शिक्षा सर्वसुलभ बन्न नसकेको समेत बताएका थिए । कार्यालयले सञ्चालन गरेको टिपिडि कार्यक्रम पनि उपलब्धीमुलक नभएको बताएका थिए ।
अन्तर्कृयामा यसबर्ष जिल्ला स्तरीय मिनि एसएलसिको रुपमा सञ्चालन भएको कक्षा ८ को परीक्षालाई सकारात्मक सुरुवात भएको भन्दै आगामी दिनमा प्राथमिक कक्षामा पनि सोही परिक्षा प्रणाली अपनाउनुपर्ने बताएका छन् । सोही कार्यक्रममा एसएलसी परीक्षामा खटिएका बिभिन्न केन्द्राध्यक्षले यसबर्षको परीक्षा शान्त र मर्यादित भएको बताउँदै काम गर्दा आइपरेका अनुभबको बारेमा समेत जानकारी गराएका थिए । कार्यक्रममा उपस्थीत बिभिन्न बिद्यालयका प्रधानध्यापकले एसएलसी परिक्षाको बातावरणलाई मात्र मुल्याङकन गरी मर्यादित भनीए पनी बिद्यालयमा कक्षा कोठा भित्रको भौतिक अबस्था, शौचालय, उपलब्ध गराउनुपर्ने सामाग्रीको बारेमा पनि ध्यान दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष प्रेम नारायण भण्डारी,नेपाल राष्ट्रीय शिक्षक संगठनका अध्यक्ष रोहीत भण्डारी,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य खुमबहादुर थापा, जिल्ला शिक्षा कार्यालयका दिबाकर भण्डारी, लोकनाथ मरासिनी, रेश्मीराज अर्याल, झविलाल बिश्वकर्मा लगायत बिद्यालय निरीक्षक, स्रोत व्यक्ति एवम बिद्यालयका प्रधानध्यापकको उपस्थीति रहेको थियो । कार्यक्रम जिल्ला शिक्षा अधिकारी गोबिन्दप्रसाद अर्यालको अध्यक्षता, उपसचिव भोजबहादुर केसीको स्वागत मन्त्व्य, एवम हरीलाल अर्याललको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग