Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रेमीलाई आक्रमण गरी प्रेमिकालाई सामूहिक बलात्कार

Published on 8:03:00 PM //

विराटनगर , चैत्र २२ - मोरङको इन्द्रपुर ५ को जनचेतना सामुदायिक वनको चौरमा गफ गरेर बसिरहेका बेला प्रेमीलाई आक्रमण गरी चार जना स्थानीय युवाले प्रेमिकालाई नजिकैको जंगलमा लगेर सामूहिक बलात्कार गरेका छन् । बाहुनी २ घर भएका उनीहरूबीच मगनीसमेत भइसकेकाले एकान्तमा गफ गर्दैगर्दा आक्रमण भएको उनीहरूले बताएका छन् ।
आक्रमण गरी युवकलाई अशक्त बनाएपछि उत्तरतर्फको जंगलमा युवतीलाई तीन किलोमिटरभित्र लगेर इन्द्रपुर ९ का उत्तम तामाङ, रोशन पाँचकोटी, मनोज राई र प्रकाश परियारले सामूहिक बलात्कार गरेको प्रहरी निरीक्षक अच्युत चापागाईंले बताए । अभियुक्तमध्ये प्रकाश र रोशनलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ भने युवतीको उपचार स्थानीय अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग