Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडक दुर्घटनामा अष्ट्रेलियामा नेपाली युवतीको मृत्यु

Published on 8:01:00 PM //


अष्ट्रेलिया, चैत्र २२ - अष्ट्रेलियाको डार्विन क्षेत्रमा भएको सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु भएको छ । दुर्घटनामा ३ जना युवाहरु घाइते भएका छन् । जसमा एकजनाको अवस्था गम्भीर छ ।

सिड्नीबाट डार्विन कारमा जाँदै गरेका १ युवती सहित ४ जना नेपालीहरु डार्विन क्षेत्रको माटाराङ्गा भन्ने क्षेत्रमा दुर्घटनामा परेका थिए । दुर्घटनामा परी पाल्पा घर भएकी २७ वर्षीया युवती आशा गाहाको मृत्यु भएको छ भने अर्का दुई युवाको डार्विनमा रहेको डार्विन रोयल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था अहिले खतरामुक्त रहेको बुझिएको छ ।

१ सय २० किलोमिटर प्रतिघण्टामा यात्रारत उनीहरु सवार कारमा दुईवटा चरा आएर ठोक्किएपछि दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका युवाले आफ्नो नाम प्रकाशित नगरिदिन आग्रह गरेका कारण उनीहरुको नाम प्रकाशित गरिएको छैन् । घरायसी र पारिवारिक समस्या आउने कारणले आफ्नो नाम उल्लेख नगरिदिन ईकान्तिपुरलाई अनुरोध गर्दै दुर्घटनामा घाइते एक युवाले मृतक र घाइते सबै पाल्पा जिल्लाकै रहेको र दुई साथीहरु पनि सकुसल रहेको जानकारी दिए ।

उक्त दुर्घटनामा अर्काएक  युवा  भने सामान्य घाइते भएका छन् । उनी अहिले सकुसल भई घर फर्किसकेका छन् । सिड्नीमा बसोबास गर्दै आएकी मृतक युवती रोजगारीको सिलसिलामा पहिलोपटक डार्विन जाँदै थिइन् । उनी सिड्नीमा अध्ययनरत रहेको बुझिएको छ । सिड्नीबाट करिब ४ हजार किलोमिटरको दुरीमा रहेको डार्विन जाने क्रममा डार्विनभन्दा १ सय ३० किलोमिटर छेउमा उनीहरुको सवारी दुर्घटना भएको हो ।

नेपाली दुतावासका उप नियोग प्रमुख लोकबहादुर थापाले पीडितहरुको परिवारलाई सम्पर्कको प्रयास भइरहेको बताए । दुतावास, एनआरएन र नेपाली समाजको पहलमा युवतीको शव डार्विन ल्याउने प्रयास भइरहेको छ ।  -कान्तिपुर दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग