Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतमा एकै नेपाली परिवारको पाँच जनाद्वारा आत्मदाह, तीनको मृत्यु

Published on 8:06:00 PM //


काठमाडौ, चैत्र २२ - भारतको राजकोटमा बसोबास गरिरहेका एक नेपाली परिवारका पाँच जनाले मट्टितेल छर्किएर आफैलाई आगो लगाउँदा तीनको मृत्यु भएको छ भने दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्थानीय नगरपालिका प्रशासनले आफू बसिरहेको झुपडी बस्ती भत्काउने निर्णय गरेपछि उनीहरुले नगरपालिका कार्यालय अगाडि आफैलाई आगो लगाएका हुन् ।

बुधबार उक्त घट्नापछि भरत मानसिं (४०) को बुधबार नै तथा उनकी श्रीमती आशा (३५) र भाई गिरिश (२७) को अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । अरु दुई ३० बर्षीया रेखा र ६० बर्षीया बासुमतीको भने अस्पतालमा उपचार भइरहको छ । उनीहरुको अबस्था गम्भीर रहेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय प्रशासनले उनीहरु बसोबास गरिरहेको बस्ती भत्काउने निर्णय सुनाएपछि त्यसको विरोधमा उनीहरुले आत्मदाह गरेका हुन् । त्यहाँ धेरै नेपालीहरुको बसोबास छन् । उनीहरु बिशेषगरी चौकीदारी काम गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार मट्टितेलको जर्किन बोकेर नगरपालिका कार्यालय पुगेका उनीहरु कार्यालय अगाडि आफैलाई आगो लगाएका हुन् । उनीहरुको यस्तो कामले त्यहाँका अन्य नेपाली मूलका अन्य परिवारहरुलाई चकित र चिन्तित बनाएको छ ।

'स्थानीय प्रशासन र राजनीतिक दलका मान्छेहरुले हामीलाई हाम्रो ठाउँ गैरकानुननी भन्दै छाड्न दबाब दिँदै आएका छन्, हामीले नछाडे भत्काउने भनेका छन्', नेपाली मूलका मानिसलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् । राजकोट गुजरात राज्यको चौथो ठूलो शहर हो ।

घटनाबाट आक्रोशित नेपाली समुदायले त्यहाँको एउटा सरकारी बसमा आगजनी गरेका छन् । घटनाको बिरोधमा बिपक्षी दलले आज राजकोट बन्दको आयोजना गरेका छन् । कांग्रेस लगायत दलले राष्ट्रिय जनता दलले सञ्चालन गरेको नगरपालिकाको निर्णयका कारण उक्त परिवार आत्मदाहको लागि बाध्य हुनुपरेको तर्क गर्दै निर्णयको बिरोध गरेका हुन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग