Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै शरीरमा आगो लागाएर आत्महत्या

Published on 1:00:00 PM //


टेकनारायण भट्टराई
पाल्पा, चैत २९ - यहाँ एक व्यक्तिले शरीरमा मट्टितेल खन्याएर आफैँलाई आगो लगाइ आत्महत्या गरेका छन्। रुपन्देही मधवलिया-५ का ६३ वर्षीय डिल्लीराम गैरेले गएराति यसरी आत्महत्या गरेका प्रहरीले जनाएको छ।
तानसेन मिसन अस्पतालमा उपचारका लागि आएका गैरेले आफूले बसोबास गरेको गाउँ पाल्पा दर्लमडाँडा-५ मा गएर आत्महत्या गरेका पाल्पाका प्रहरी प्रमुख डिएसपी स्थानेश्वर रेग्मीले बताए। केहिवर्ष पहिले बसाइँ सरेर रुपन्देही गएका गैरे मिसन अस्पतालमा उपचारपछि पुरानो गाउँ गएका थिए। राति पौने नौ बजे ग्यालिनबाट मट्टितेल शरीरमा खन्याएर आफैँ आगो लगाएका बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गर्ने बताएको छ। शव जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टमका लागि ल्याइएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग