Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हावाहुरीले विद्यालय उडायो, रु १० लाख बढी क्षति

Published on 3:31:00 PM //


धुर्कोट, २९ चैत । बुधबार आएको हावाहुरीले गुल्मीमा रु १० लाखभन्दा बढीको क्षति पु¥याएको छ । हावाहुरीले विभिन्न विद्यालय र व्यक्तिका घरका छाना उडाएपछि सो क्षति भएको हो ।  आज साँझपख आएको हावाहुरीले हस्तीचौर गाविसस्थित हिमालय उच्चमाध्यमिक विद्यालयको दसकोठे भवनको छानो उडाएको छ । गुल्मी अर्घाखाँची ग्रामीण विकास परियोजनाले बनाइदिएको उक्त भवनको छाना उडाउँदा रु सात लाखभन्दा बढीको क्षति भएको शिक्षक पद्म जिसीले जानकारी दिनुभयो ।

वार्षिक परीक्षाफलको तयारीमा रहेका शिक्षकहरू भवनमै भएको समय हावाहुरीले विद्यालयको छाना उडाएपछि शिक्षकहरू भागेर बाँच्न सफल भएको उहाँले बताउनुभयो । २०५८ सालमा रु २४ लाख लागतमा निर्माण गरिएको उक्त भवन क्षति भएपछि विद्यालयमा पठनपाठन गर्ने ठाउँको समेत अभाव भएको छ ।

त्यसैगरी मुसिकोटस्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय र सहिद मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको भवनको छाना उडाएको छ । त्रिभुवन राष्ट्रिय माविमा रु २ लाख र सहिद मेमोरीयल स्कुलमा रु १ लाख बराबरको क्षति भएको स्थानीय कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

सहिद मेमोरीयल स्कुलले भवन अभाव भएपछि आइतबारसम्म विद्यालयको पढाई स्थगित भएको छ ।  साथै विद्यालय नजिकै घर भएकी खिमकुमारी कुँवरको घरको छाना पनि हावाहुरीले उडाएको छ । कुँवरको करिब रु ५० हजार क्षति भएको छ । रासस

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग