Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

व्लक निर्माण तथा अनुगमन समिति गठन

Published on 5:48:00 PM //

पि.एम.मगर
गुल्मी, चैत्र २० – गुल्मीको हस्तीचौर ८ पालुखामा रहेको पालुखा माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । भेलाले चार वटा विभिन्न उप–समितिको गठन गरेको छ । भेलाले जिल्ला शिक्षा कार्यालयको २४ लाख रुपैयाँको सहयोगमा निर्माण हुन लागेको व्लकको निर्माणका लागि वेलवहादुर कुवँरको अध्यक्षतामा व्लक निर्माण समितिको गठन गरेको छ भने शान्ति मन्त्रालयको १५ लाख अनुदानमा निर्माण हुन लागेको अर्को व्लकको निर्माणका लागि तिलवहादुर कुवँरको अध्यक्षतामा उपसमितिको गठन गरिएको छ । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलवहादुर कुवँरको अध्यक्षतामा आर्थिक समिति र राहुल विसीको अध्यक्षतामा व्लक निर्माण अनुगमन समितिको गठन गरिएको छ । भेलाले व्लक निर्माणका लागि पहिलो किस्ता स्वरुपको रकम सम्झौताका लागि चैत्र भित्र जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितिमा जाने निर्णय समेत गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलवहादुुर कुवँरको अध्यक्षतामा सम्पन्न भेलामा वडागाउँ श्रोत केन्द्रका श्रोत व्याक्ति विनवहादुर गौतम, जनज्योति निम्न माध्यमिक विद्यालय हस्तीचौर ९ का प्रधानाध्यापक दलवहादुर विश्वकर्मा लगायतको उपस्थिति रहेको न्यू मनकामना युवा क्लवका सचिव किसान क्षेत्रीले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग