Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहकारी संस्थाका लागि गुल्मी अगाडी

Published on 5:49:00 PM //

पि.एम.मगर
गुल्मी, चैत्र २० – मानव सभ्यता र विकासको दृष्टीले पश्चिम नेपालमा पाल्पा जिल्ला अगाडी भएता पनि सहकारी संस्थाका लागि गुल्मी जिल्ला अगाडी देखिएको छ ।
५६ औँ सहकारी स्थापना दिवसको अवसरमा सदरमुकाम तमघासमा आयोजित कार्यक्रममा सहकारी डिभिजन कार्यालय पाल्पाले यस्तो कुरा जानकारी गराएको हो । गुल्मीमा भन्दा पहिला सहकारी संस्था पाल्पामा शुरु भए पनि त्यहाँ भन्दा वढी सहकारी संस्था गुल्मीमा रहेको डिभिजन कार्यालय पाल्पाका प्रमुख रुद्र भुसालले वताउनुभयो । पाल्पामा हालसम्म २ सय वटा सहकारी संस्थाहरु रहेको र गुल्मीमा २ सय ३ वटा सहकारी संस्था दर्ता भईसकेको उहाँले जानकारी गराउनुभयो । अहिले दुई वटै जिल्लाका सहकारी संस्थाहरु हेर्ने काम पाल्पा डिभिजन कार्यालयले गरे पनि अव गुल्मीमा संख्यात्मक रुपमा वृद्धि भई सकेपछि डिभिजन कार्यालय गुल्मीमै स्थापना गर्नु जरुरी रहेको उहाँले वताउनुभयो । कार्यक्रमका अधिकाँश वक्ताहरुले पनि डिभिजन कार्यालय गुल्मीमै हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं सहकारी संघका राष्ट्रिय प्रतिनिधि टंक पोख्रेलले कुनै समय गुल्मीमा सहकारी भनेको के हो भन्ने कुरा वुझाउनै गाह्रो भएपनि अहिले टोल टोलमा सहकारी स्थापना हुनु सकारात्मक पक्ष भएको वताउनुभयो । संख्यात्मक रुपमा वृद्धि भएपनि सहकारीको भावना अनुसार कार्यान्वयन नहुँदा नेपालको जनशक्ति पलायन हुन वाध्य भएको वताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले पनि विगतमा सहकारीकर्मीहरुवाट भएका कमी कमजोरीहरुको समिक्षा गरी सहकारीताको भावना अनुरुप अगाडी वढ्न सके विकासले छिट्टै फड्को मार्ने धारणा राख्नुभयो । कार्यक्रममा वोल्ने अधिकाँश वक्ताहरुले सहकारी संस्था सहकारी विना देशमा स्वाधिन अर्थतन्त्रको विकास सम्भव नभएको वताएका छन् । सरकारले वर्तमान अवस्थामा सहकारीहरुलाई केही प्राथमिकता दिन थालेपनि त्यसलाई अझ व्यवस्थित गर्न नसकेको उनीहरुले टिप्पणी गरेका थिए ।
स्थापना दिवसको अवसरमा पाल्पा सहकारी डिभिजन कार्यालयले उत्कृष्ट कार्य गर्ने संस्था र कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने संस्थामा सरायँ फुलवारी वचत तथा ऋण सहकारी संस्था पाल्पा रहेको छ । कार्यक्रममा संस्थाका सचिव छत्रवहादुर थापामार्फत उक्त संस्थालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै सहकारी संस्थाका कर्मचारीहरु मध्ये यसवर्ष साना किसान सहकारी संस्था गौडाकोट गुल्मीका व्यवस्थापन भुपाल थापा उत्कृष्ट कार्य गरेवापत पुरस्कृत हुनुभएको छ । कार्यक्रम जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष हरीप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शेषकान्त गौतमका स्वागत मन्तव्य र वचत तथा ऋण सहकारी संस्था गुल्मीका अध्यक्ष यमवहादुर थापा क्षेत्रीको सञ्चालन रहेको थियो । दिवसको अवशरमा जिल्लाका सहकारी संघ संस्थाहरुको पहलमा पञ्चे वाजागाजाका साथ प्रभातफेरी गरि वजार परिक्रमा समेत गरिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग