Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा जंगलमा लागेको आगो ६ दिनपछि वल्ल नियन्त्रणमा

Published on 1:44:00 AM //


जनार्दन घिमिरे
गुल्मी, २ वैशाख । गुल्मीको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गा जंगलमा गत ६ दिनदेखि लागेको आगो आजमात्र नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको लामो प्रयासपछि मात्र आज दिउसो पूर्ण रुपमा आगो नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जानकारी दिनु भएको छ ।
उक्त धार्मिक क्षेत्रमा आगलागि भएपछि त्यस वन क्षेत्र भित्र रहेका यज्ञशाला, गौशाला,सिद्धवावा मन्दिर, भ्यू टावर, रेडियो नेपाल तथा एल सेलको टावर लगायतका संरचना जोगाउनका लागि सुरक्षा निकाय र स्थानीयवासीहरु ६ दिनसम्म रातदिन खटिएका थिए ।
उक्त क्षेत्रमा वर्षेनी आगलागि हुने गरे पनि जिल्लाको ईतिहासमा यति लामो समयसम्म आगलागि भएको यो पहिलो घटना भएको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष युवराज भण्डारीले वताउनु भयो । तीन हजार हेक्टर क्षेत्रफलमा फैलीएको उक्त वन क्षेत्रमा करिव दुई हजार हेक्टर क्षेत्रफल जंगल आगलागिवाट नष्ट भएको छ । जंगल क्षेत्रमा आगजानि वढ्दै जानथालेपछि अहिले स्थानीय प्रशासन र जिल्ला वन कार्यालयले जंगलमा आगो लगाउने व्यक्तिको पहिचान गरि गोप्य रुपमा सूचना दिन समूदायमा आग्रह समेत गरेको छ ।
यसैक्रममा गुल्मीको ह्वाङ्गदी गाविसको एक सामुदायिक वनमा आईतवारदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । ह्वाङ्गदी गाविस ८ स्थित वल्दे सामुदायिक वनमा हिजोदेखि लागेको आगोले जङ्गलको धेरै वन क्षेत्र नष्ट गरिसकेको वताइएको छ । मदाने संरक्षित वन नजिकै रहेको उक्त सामुदायिक वनमा अहिले पनि आगलागी भईरहेको र आगो नियन्त्रणका लागि भने कसैले चासो नदिएको स्थानीयवासीहरुले गुनासो गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग