Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीले घरगोठ जल्दा १५ लाख वरावरको क्षति

Published on 1:38:00 AM //


जनार्दन घिमिरे
गुल्मी, २ वैशाख । गुल्मीको नयाँगाउँ गाविसमा एक व्यक्तिको घर र गोठमा आगलागी हुँदा आज करिव १५ लाख वरावरको क्षति भएको छ । नयाँगाउँ गाविस ९ जोरपोखरी निवासी परशुराम आचार्यको घर र गोठमा आज विहान आगलागी हुँदा उक्त क्षति भएको हो ।
आज विहान करिव साढे १० वजेतिर लागेको आगोले आचार्यको टीनले छाएको सिमेण्ट लगाएको घर र नजिकै रहेको गोठ समेत पुर्ण रुपमा जलेर नष्ट भएको जिलला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सुख्खा मौसम र पानीको अभावका कारण आगो नियन्त्रण गर्न नसक्दा यति ठुलो क्षति भएको स्थानीयवासीले वताएका छन् । आगलागीवाट घरभित्र रहेका अन्न, लत्ता कपडा, कागजपत्र, नगद लगायत सम्पुर्ण सामानहरु जलेर नष्ट भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग