Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्लड क्यान्सर पिडित बालक नितेशलाई अमेरिकाबाट २ लाख सहयोग

Published on 3:51:00 AM //


संगिता कुवँर
बैशाख १४, गुल्मी । व्लड क्यान्सरले थलिएर उपचार गराईरहेका गुल्मी अर्लाङकोट गाविस वार्ड नम्बर ६ दानसिङ निबासी लालमणी खरालका छोरा नितेश खरालको उपचारका लागि आर्थिक सहयोग सकंलन तिब्र गतिमा भईरहेको छ ।
बिगत २७ महिना देखि ब्लड क्यान्सरले थलिएर उपचार गराईरहेका उनको उपचार खर्च जुटाउन गठन भएको नितेश खराल बचाउ अभियान समितिले अहिले देश बिदेशबाट सहयोग सकंलन गरिरहेको छ । सोही क्रममा हरी नारायण सापकोटा, झविन्द्र खरेल र गोविन्द पाण्डेको अगुवाईमा अमेरीका निबासी गुल्मीलेहरुको संस्था गुल्मी विश्व समाज नेपाल तथा अन्य प्रवासीहरुको सहयोगमा २ लाख ५ हजार चन्दा सकंलन गरि परिवारलाई प्रदान गरिएको अर्लाङकोट स्थित हाम्रा संवाददाता बुद्धिमणी खरेलले जानकारी दिनुभयो । उपचार खर्च ठुलो भएको र परिवारको आर्थिक अवस्था कमजोर रहेकोले नितेशको उपचारको लागी सबैतिरबाट सहयोग रकम सकंलन भईरहेको छ । सहयोग सकंलनमा सञ्चार माध्यमको क्षेत्रबाट सामुदायिक रेडियो स्काई, रेडियो रेसुङ्गा, गुल्मीन्युज डट कम लगायतका संचार माध्यमले प्रचार प्रसार गरी सहयोग पु¥याएको भन्दै परिवारले धन्यवाद ज्ञापन गरेको जनाएको छ । नितेशको काठमाण्डौको कान्तिबाल अस्पतालमा उपचार भईरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग