Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देबिस्थानको व्यबस्थापन समितिमा कुवँर

Published on 3:54:00 AM //


संगिता कुवँर
बैशाख १४, गुल्मी । देबिस्थान प्राथमिक बिद्यालय जैसिथोक २ गुल्मीमा बिद्यालय व्यबस्थापन समितिको पुर्नगठन भएको छ ।
आज बिद्यालयमै भएको अभिभाबक भेला मार्फत मानबहादुर कुवँरको अध्यक्षतामा समितीको पुर्नगठन गरिएको हो । नयाँ कार्य समितीको सदस्यहरुमा लोक बहादुर पोख्रेल, बिरेन्द्र कुँवर, सिता प्रोख्रेल, बाबुलाल बिक र सदस्य सचिबमा बिद्यालयका प्रधानाध्यापक यमाकान्त खनाल रहनुभएको छ । त्यसैगरी भेलाले शिक्षक अविभावक सघंको पनि पुर्नगठन गरेको छ । सघंको अध्यक्षमा लक्ष्मण बिक, सदस्यहरुमा संगिता पोख्रेल, मञ्जु बिक, तारा खनाल, भोजराज घिमिरे, चुडामणी खनाल, कर्णबहादुर केसी, सुमित्रा बिक लगाएतका सदस्य रहनुभएको छ ।
स्रोत व्यक्ति खिमबहादुर महतको प्रमुख आथित्यता रहेको कार्यक्रममा इन्दीरा माबिका प्रधानध्यापक हरी प्रसाद घिमिरे, पाञ्चायन उच्च माबिका प्रधानध्यापक मेघराज खनाल, धुर माबिका प्रधानध्यापक लक्ष्मी प्रसाद खनाल लगाएतले मन्त्व्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम शिक्षक लोकेन्द्र प्राख्रलको स्वागत मन्त्व्य एवम शिक्षक हरी बिकको सञ्चालनमा सम्पन्न भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग