Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२ महिना ढिलो भत्ता बाँडियो

Published on 12:02:00 PM //


कविता घर्ती मगर
बागलुङ, बैशाख १० । गुल्मीको ह्वाङदी गाउँ विकास समितीमा गत फाल्गुण महिनामा वितरण गर्नुपर्ने बृद्द भत्ता आज वितरण गरेको छ । गाविसमा खुल्ला दिशामुक्त घोषणा अभियानमा लाग्दा वितरणमा ढिलाई भई हिजो र आज गरि दुई दिनमा वितरण कार्य सम्पन्न गरिएको गाविस सचिव भोट बहादुर खत्रीले जानकारी दिनुभएको छ ।
गाविसमा प्रत्येक ६ महिनाको अवधिमा भत्ता वितरण गर्नुपर्ने नीति अन्तर्गत उक्त गाविसका ६० वर्ष देखि माथीका जेष्ठ नागरिक, एकल महिला गरि सवै जनालाई रु ५ सयका दरले भत्ता वितरण गरिएको छ भने आंशिक अपांगता भएका २ जनालाई प्रति महिना ३ सय तथा पुर्ण रुपमै अपांगता भएका २ जनालाई प्रतिमहिना ५ सयका दरले वितरण गरि गाविसका १ सय ८६ जना नागरिकलाई भत्ता वितरण गरिएको हो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग