Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्ला समाज युकेमा नयाँ नेतृत्व, सबै पदमा निर्बिरोध

Published on 11:26:00 PM //

केशब भण्डारी
बेलायत, २२ अप्रिल । गुल्मी जिल्ला समाजको सातौँ महाधिबेशनले अर्जुन गौतमको अध्यक्षतामा सर्वसम्मतले आगामी तीन बर्षको लागि १९ सदस्यीय चौथो कार्यसमितिको चयन गरेको छ । नयाँ निर्वाचित अध्यक्ष गौतम यसअघी समाजको महासचिब पदमा कार्यरत हुनुहुन्थ्यो ।
गत अप्रिल २१ तारिख आईतवारका दिन अल्डरसटमा सम्पन्न सातौँ महाधिबेशनले कार्यसमितिको उपाध्यक्षहरुमा बिनोद ज्ञवाली, केशब भण्डारी र ओम प्रकाश गुरुङ, महासचिबमा राम गलामी, सचिबमा शिव भण्डारी, कोषाध्यक्षमा टोप बहादुर पल्ली र सह-कोषाध्यक्ष पदमा राजन खरेललाई चयन गरेको छ । यसैगरी सदस्यमा भेष बहादुर थापा, टिकाराम थापा, मिन बहादुर जिसी, फणीन्द्र भट्टराई, वीर बहादुर बलाल, गंगा राना, रुद्र थापा, कृष्ण खरेल, राम सापकोटा, अशोक थापा र मोती प्रसाद पुन निर्वाचित हुनुभएको छ ।
समाजका निबर्तमान तथा सँस्थापक अध्यक्ष ओम प्रसाद थापाको सभापतित्वमा सम्पन्न पहिलो सत्रले बिभिन्न निर्णयहरु गरेको छ । सभाले निबर्तमान महासचिब अर्जुन गौतमको वार्षिक प्रतिबेदन र कोषाध्यक्ष बिन भुजेलको आर्थिक प्रतिबेदन पारीत गरेको थियो । समाजका निबर्तमान तथा सँस्थापक अध्यक्ष थापाले आफ्नो ६ बर्षको कार्यकालमा गुल्मी जिल्ला समाज, युकेले गरेका बिभिन्न सामाजिक गतिबिधीहरुको बारेमा कार्यक्रममा जानकारी प्रस्तुत गर्नुभएको थियो । थापाले समाजले अहिले सम्म गुल्मी जिल्लामा अहिलेसम्म शिक्षा, स्वास्थ्य एंव मानविय क्षेत्र कारीब १ करोड १५ हजार बराबरको सहयोग पठाईसकेको जानकारी गराउनुभएको थियो ।
गुल्मी जिल्ला समाजले गुल्मी जिल्लाका बिभिन्न संघसँस्थाहरुलाई अहिले सम्म ३ वटा एम्बुलेन्स सहयोग स्वरुप प्रदान गर्नुका साथै आशा अपाङ्ग केन्द्रलाई भवन निर्माण लगायत अपाङ्गहरुको सहयोगका लागि बिभिन्न कार्य गरिसकेको छ । साथै जिल्लाका तिनै वटा क्षेत्रका स्कुल-क्याम्पसहरुमा पनि सहयोग पुर्याउँदै आएको छ ।
साधारण सभामा निबर्तमान उपाध्यक्ष मोती भण्डारीले च्यारिटी, बिनोद ज्ञवालीले साँस्कृतिक, केशब भण्डारीले समाजको प्रकाशोन्मुख स्मारिका "हाम्रो सेवा", टोप बहादुर प्रथम नौमती बाजा सम्बन्धी जानकारी उपस्थित सबैमा गराउनुभएको थियो । समाजका निबर्तमान महासचिब अर्जुन गौतमले सन्चालन गर्नुभएको सभामा निबर्तमान उपाध्यक्ष दुर्गा पाण्डेले स्वागत मन्तब्य र अर्का निबर्तमान उपाध्यक्ष शंकर भण्डारीले धन्यवाद मन्तब्य दिनुभएको थियो ।
गुल्मी जिल्ला समाजका आजीवन सदस्य एंव सल्लाहकारहरु प्रेम प्रसाद गैरे, फत्त थापा, राण बहादुर केसी, मोती प्रशाद पुन, मानबहादुर गुरुङ लगायतले समाजको हितको लागि बिभिन्न सुझाब एंव प्रस्तवहरु सभामा प्रस्तुत गर्नुभएको थियो । सभाले कार्यसमितिको कार्यकाल दुई बर्षबाट बढाएर तीन बर्ष र एक प्रमुख सल्लाहकारो ब्यवस्था गर्ने पनि निर्णय गरेको छ । गुल्मी जिल्ला समाजले ओम थापाको कार्यकालमा अहिले सम्म गरेका कार्यको उच्च मुल्याङ्कन गर्दै समाजका सामाजिक गतिबिधीहरुलाई अझ उचाई सम्म पुर्याउने पनि सभाले निर्णय गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउँदै समाजका सल्लाहकार तथा निर्वाचन अधीकृत बालजंग अर्याल । 
कार्यक्रमको दोस्रो सत्रमा चौँथो कार्यसमितिको लागि निर्वाचनका लागि निर्वाचन अधिकृत बालजंङ अर्यालले सबै पदमा एकएक मात्र उम्मेदवारी परेको हुनाले सम्पूर्ण पदाधिकारी एंव सदस्यहरु निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । अर्यालले सबै नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । निर्वाचन समितिको अन्य सदस्यहरुमा सल्लाहकारहरु चक्र बहादुर राना, मिन दर्लामी, सुरेश चन्द्र गौतम र गोकर्ण बस्नेत रहनुभएको थियो ।
कार्यक्रमको तेस्रो सत्रमा नौमती बाजाको धुनमा नयाँ कार्यसमितिलाई स्वागत र तेस्रो कार्यसमितिबाट नयाँ चौथो कार्यसमितिमा नआउने सदस्यहरुलाई बिगतमा उहाँहरुले गरेको कार्यको उच्च मुल्याङ्कन गर्दै सम्मान समेत गरिएको थियो ।  नयाँ निर्वाचित कार्यसमितिलाई सँस्थाका निबर्तमान एंव सँस्थापक अध्यक्ष ओम प्रसाद थापाले शुभकामना दिँदै आगामी दिनमा पनि पूर्ण सहयोगको प्रतिबद्दता गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष गौतमले आफुलाई गुल्मी जिल्ला समाज, युके जस्तो स्थापित सँस्थाको अध्यक्ष पदमा निर्वाचित गरेकोमा सबैलाई धन्यवाद दिँदै भोलिको दिनमा समाजको गरिमा उद्देश्यलाई अझ अगाडि बढाउने प्रण गर्दै सातौँ महाधिबेशनको समापन गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग