Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप दुर्घटनामा परी ४ जनाको मृत्यु, ४ घाईते (भिडियो सहित)

Published on 3:10:00 PM //

पि.एम.मगर
गुल्मी, वैशाख १० । राजधानीवाट गुल्मी आउँदै गरेको जीप मंगलवार दिउँसो पाल्पाको हार्थोक नजिकै दुर्घटना हुँदा एक वालक सहित ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ४ जना घाईते भएका छन् । काठमाण्डौवाट गुल्मीको इश्मातर्फ आउँदै गरेको बा ७ च ३३१८ नं. को जीप पाल्पाको खस्यौली गाविस वार्ड नं. ३ हार्थोक नजिकै करङगैरा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी दोहोली गाविस ३ की ३५ वर्षिया लता विष्ट, हस्तीचौर गाविस ७ का ३५ वर्षीय ज्ञानवहादुर जिसी, उहाँकी छोरी १० वर्षीया आस्था जिसी र इश्मा ३ का वर्ष ४८ का रामवहादुर जिसीको मृत्यु भएको छ । लता विष्ट र बालिका जिसीको घटना स्थलमै मृत्यु भएको थियो भने ज्ञानवहादुर जिसी र रामवहादुर जिसीको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको पाल्पा प्रहरीले वताएको छ ।
दुर्घटनामा परी घाईते हुनेहरुमा इश्मा दोहोली ३ का वर्ष ७ का सिद्धान्त विष्ट, वर्ष ४ का आदर्श जिसी, हस्तीचौर ७ का ३५ वर्र्षीया उमा जिसी र गाडी चालक रामेछाप जिल्ला रामपुर ६ का वर्ष २९ का ज्ञानेन्द्र श्रेष्ठ रहेका छन् । घाईते मध्ये २ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फ काठमाण्डौ लगिएको र अन्यको अहिले पाल्पा स्थित मिसन अस्पतालमा उपचार भईरहेको छ ।
सडकमा रहेको पाडोलाई साईड दिने क्रममा पाडो गाडीसंगै भिरमा खसेको र पाडो पनि मरेको पाल्पा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक थानेश्वर रेग्मीले जानकारी दिनुभयो । दुर्घटनास्थल पाल्पाको सदरमुकाम तानसेनवाट १३ किलोमिटर पश्चिममा पर्दछ । दुर्घटनाग्रस्त जीप सडकवाट झण्डै २ सय मिटर तल खोल्सामा खसेको छ । स्थानीय वासिन्दा, प्रहरी, चण्डीप्रसाद गणका सेनाले घाईतेको उद्धार गरी तानसेन पठाएका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग