Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटनामा उदयीमान बैंकरको ज्यान गयो

Published on 12:53:00 AM //


१० बैशाख, काठमाडौं । चार जनाको ज्यान जाने गरि मंगलबार पाल्पामा भएको जीप दुर्घटनामा सेयर बिक्रि प्रबन्धक कम्पनी ‘एलिट क्यापिटल लिमिटेड’का प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानवहादुर जिसीको निधन भएको छ । परिवार लिएर घर हिँड्नुभएका उहाँसहित छोरी र भाईको समेत निधन भएको छ । उहाँका छोरा र श्रीमती सख्त घाइते भएका छन् ।

पेशाले चार्टड एकाउन्टेन्ट जिसी किष्ट बैंक लिमिटेडका बोर्ड डाइरेक्टरसमेत हुनुहुन्थ्यो । करिव डेढ दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सक्रिय जीसीले करिव ५ बर्ष नेपाल राष्ट्र बैंकमा उपनिर्देशकका रुपमा काम गर्नुभएको थियो ।

राष्ट्र बैंकबाट राजीनामा दिएर एलिट क्यापिटलमा सिइओ बन्नुभएका जीसीले बिघटित संबिधानसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको बेरुजु फछ्र्यौट समितिमा रहेरसमेत काम गर्नुभएको थियो ।

शेयर बजारको राम्रो विश्लेषक समेत मानिने उहाँ निर्माणधिन काठमाडौं चन्द्रगिरि केवलकारको प्रबर्द्धक हुनुहुन्छ । बैंकिङ क्षेत्रमा उदयीमान र शसक्त बैंकर मानिने जीसीलाई युवा अबस्थामा गुमाउनुपरेको छ ।

उहाँसँगै पूर्व जीपमा यात्रारत पूर्व उर्जामन्त्री गोकर्ण बिष्टकी भाइ बुहारी तथा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन बिष्टकी श्रीमती लता बिष्ट, उनकी छोरी आस्था बिष्ट, जिसीका भाई रामबहादुर जिसीको निधन भएको छ । -अन्लाईन खबर डट कम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग