Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अलिमिया लोक वाङ्मय प्रतिष्ठानले गुल्मीका साहित्यकारहरुलाई सम्मान ग¥यो

Published on 9:48:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र २१ – अलिमिया लोक वाङ्मय प्रतिष्ठान पोखराले साहित्य क्षेत्रमा योगदान पु¥याएका गुल्मी जिल्लाका ७ जना साहित्यकारहरुलाई बुधवार एक कार्यक्रमका विच सम्मान गरेको छ ।
प्रतिष्ठानको आयोजना तथा किरण पुस्तकालयको व्यवस्थापनमा सम्पन्न सम्मान कार्यक्रममा जिल्लामा साहित्यको क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका साहित्यकारहरु शशि पन्थी, दिन पन्थी, कृष्ण भण्डारी “ममुक्षु”, नारद गौतम, काशिनाथ मिश्रीत, परशुराम पन्थी र विष्णु घर्ति भनभनेली सम्मानित हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोक गायिका एवं प्राज्ञ हरिदेवी कोईरालाले उहाँहरुलाई खादा र प्रमाण पत्रले सम्मान गर्दै साहित्यीक क्षेत्रमा अझै शसक्त भएर लाग्न आग्रह गर्नुभएको थियो । उहाँले गुल्मी जिल्ला सहित्यको एउटा उर्भरभूमि भएको वताउँदै यसरी गुल्मी जिल्लाका साहित्यकारहरुलाई सम्मान गर्न पाउँदा प्रतिष्ठान स्वयं नै सम्मानित भएको धारणा व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष स्वर्गीय अलिमायाका सुपुत्र हनिफ मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित श्रृष्ठाको तर्फवाट वोल्दै दिन पन्थीले प्रतिष्ठानलाई आभार व्यक्त गर्नुभएको थियो । साथै सोही अवसरमा साहित्यकारहरु भेषवहादुर कुवँर प्रयासी, नारद गौतम, लक्ष्मण रिजाल, कृष्ण भण्डारी “ममुक्षु”, राधा पन्थी, काशिनाथ मिश्रीत, विष्णु भनभनेली, नमनारायण पन्थी, हरि पन्थी, लगायतले आ–आफ्नो श्रृजना प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानका सल्लाहकार कृष्णप्रसाद वास्तोलाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन हिमकला राना मगर र गोपाल पन्थीले गर्नुभएको वोम अर्याल यात्रीले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग