Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई दिने आंखा शिविर सम्पन्न, ३ सय २० जनाले उपचार सेवा लिए

Published on 9:49:00 PM //

पि.एम.मगर
गुल्मी, चैत्र २१ – नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र गुल्मीको आयोजनामा दुई दिने आँखा अप्रेशन शिविर प्राथमिक आँखा उपचार केन्द्र वामीटक्सार गुल्मीमा वुधवार सम्पन्न भएको छ ।
शिविरमा हिजो र आज गरी ३ सय २० जना आँखाका रोगीहरुले सेवा लिएका छन् । जस मध्ये १ सय ४० पुरुष र १ सय ८० जना महिलाले सेवा लिएका छन् । विरामीहरु मध्ये ३५ जनाको मोतियाविन्दुको अप्रेशन गरिएको छ भने ६ जना विरामीको व्लड प्रेसर वढी भएका कारण पछि अप्रेशन गरिने केन्द्रले जनाएको छ । शिविरमा गुल्मीको जोहाङ्ग, बलिथुम, वामी, कुर्घा, मुसिकोट, पौदीअमराई, तुराङ्ग, आँपचौर, अर्लाङ्गकोट लगायत छिमेकी जिल्ला वाग्लुङ्गको जलजला, ग्वालीचौर, दगातुन्डाँडा, वुर्तिवाङ्ग, रिघा, मल्म, काँडेवास लगायतका गाविसवाट समेत आँखाका विरामीहरु आएका थिए । शिविरमा डा. कौशल श्रेष्ठको नेतृत्वमा १४ जनाको स्वास्थ्यकर्मीको टोलीले विरामीहरुको उपचार गरेको थियो । जसमा पाल्पा लायन्स लाकोल अस्पताल र आँखा उपचार केन्द्र गुल्मीका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । शिविरमा वामी उद्योग बाणिज्य संघ वामी, रेडक्रस उपशाखा वामी, वामी स्वास्थ्य चौकी, साईन रेसुङ्गा विकास बैंक वामी शाखा, सालिमे सृजनशिल युवा कल्व लगायतका संस्थाले सहयोग गरेको कौरव खत्रीले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग