Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हावाहुरीले गुल्मी र वाग्लुङ्गका विभिन्न स्थानमा क्षति पुर्यायो

Published on 9:45:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र २१ – बुधवार दिउँसो आएको हुरीवतासले गुल्मीको अर्लाङ्गकोट र वाग्लुङ्गको काँडेवास क्षेत्रमा लाखौँको क्षति पु¥याएको छ । हुरी वतासले अर्लाङ्गकोट ६ लामाखेत स्थित न्यू साईन स्टार इङ्गिलस वोर्डिङ्ग स्कुलको भवन तथा होस्टेलको भवनको छाना उडाई दिएको छ ।
त्यस्तै वाग्लुङ्गको काँडेवाँस ९ निवासी भिमे दर्जीको घरको छाना समेत हावाहुरीले उडाई दिएको छ । हुरी वतासकै कारण दरमखोला लघु जलविद्युत परियोजना काँडेँवास अर्लाङ्गकोट ए र वी दुवै परियोजनाका विभिन्न भागका विद्युतीय पोलहरु भाचिनुका साथै तारहरुमा समेत क्षति पुगेको छ । यसले गर्दा ३५ किलोवाट क्षमता अन्तर्गतको विद्युत सेवा अवरुद्ध वनेको छ भने परियोजना वी तर्फको विद्युत सेवा सुचारु गर्नका लागि अहिले प्रयास जारी रहेको परियोजनाका अध्यक्ष वालकृष्ण सापकोटाले जानकारी दिनुभयो । हावाहुरीले गर्दा सेवा क्षेत्रभित्र रहेका केवल सेवा समेत अवरुद्ध वनेको छ । त्यस्तै स्थानीयवासीले अस्थायी गोठको रुपमा प्रयोगका लागि निर्माण गरेका टहराहरुका छाना समेत उडाईदिँदा लाखौँ रुपैयाँ वरावरको क्षति भएको कालीदास खरेलले जानकारी दिएका छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग