Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्युत् अनियमित भन्दै स्थानीय आक्रोशित

Published on 7:53:00 PM //


गुल्मी, २२ चैत । गुल्मीलाई दुई पटकसम्म लोडसेडिङ मुक्त गाविस घोषणा गरे पनि नियमित विद्युत् आपुर्ति नभएपछि स्थानीय आक्रोशित भएका छन् । लोडसेडिङमुक्त भने पनि विद्युत प्राधिकरणले लाइन काटेर विद्युत् अनियमित भएको जवाफ दिएको आरोप उनीहरूको छ । नियमित विद्युत् आपूर्तिको माग राख्दै गुल्मी वीरवासको सब स्टेसनदेखि जुभुङ तथा बलिथुम हुँदै वितरण हुने विद्युत् फिडरअन्तर्गतका उपभोक्ताले जिल्ला विद्युत् प्राधिकरणको कार्यालयमा धर्ना दिनुका साथै ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरूले गुल्मीलाई लोडसेडिङमुक्त घोषणा भएको निर्णय कार्यान्वयन गर्नुपर्ने, वितरण प्रणाली तथा सामुदायिकमा समान किसिमको विद्युत् वितरण गरी सो को कार्य तालिका सबै सामुदायिक फिडरमा दिनुपर्ने, सामुदायिक संस्थाको तर्फबाट फोनमार्फत समस्या समाधानका लागि सम्पर्क गर्दा कार्यालय प्रमुखबाट बेवास्ता भएको भन्दै त्यसको स्पष्ट जवाफ दिनुपर्ने माग राखेका छन् । स्थानीयको डेलिगेसन आउने थाहा पाएपछि कार्यालय प्रमुख भागेको आरोप पनि उनीहरूको छ ।
स्थानीयले सामुदायिक विद्युतीकरण उपभोक्ता समितिसँग विगतका दिनमा भएका मौखिक सहमति कार्यालयले कार्यान्वयन नगरेको बताएका छन् । विगत लामो समयदेखि विद्युत् वितरण प्रणालीमा पक्षपातपूर्ण व्यवहार गरी प्राय: साँझको समयमा सामुदायिक विद्युत् लाइनअन्तर्गतका फिडरहरूमा विद्युत् कटौती गर्ने गरेको आरोप पनि ती उपभोक्ताको छ । यस्ता कार्यले आम उपभोक्ता मर्कामा पर्न गई उपभोक्ताले कतिपय सामुदायिक विद्युत् कार्यालयमा तालाबन्दी गर्ने कामसमेत भएको बताउँदै उनीहरूले यस विषयमा गम्भीर हुन सबै पक्षलाई आग्रह गरेका छन् । -सौर्य दैनिकबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग