Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शोक विज्ञप्ती जारी गर्दै रेडियो रेसुङ्गाद्धारा दुःख व्यक्त

Published on 2:52:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख १२ गते । पूर्व उर्जामन्त्री गोकर्णराज विष्टकी बुहारी एवं प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष तथा बर्तमान सल्लाहकार गगन बिष्टकी धर्मपत्नी लता बिष्ट सहित अन्य चार जना आफन्तजनको दुर्घटनामा निधन भएको प्रति रेडियो रेसुङ्गा परिवारले शोक विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको छ ।
काठमाण्डौबाट गुल्मी घर जाने क्रममा बैशाख १० गते पाल्पाको खस्यौली १ सिरुखर्क नजिक करंगगैरामा भएको जीप दुर्घटनामा परि ३२ बर्षको अल्पायुमै निधन भएको खवरले दुखित तुल्याएको जारी शोक विज्ञप्तीमा उल्लेख छ । रेडियो रेसुङ्गाका सञ्चालक समिति अध्यक्ष डिल्लीराज भुसाल र रेडियोका कार्यकारी निर्देशक जनार्दन घिमिरेद्धारा जारी शोक विज्ञप्तीमा विष्ट परिवारको निधनको घटनाले रेडियो परिवारलाई शोकाकुल र स्तब्ध बनाएको समेत जनाईएको छ । विज्ञप्तीमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली, परिवारमा समवेदना र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
यसैविच प्रेस चौतारी नेपाल पाल्पाले पनि आज एक प्रेस बक्तब्य जारी गर्दै घटनाप्रति दुःख ब्यक्त गरेको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य भगवान भण्डारी र पाल्पा अध्यक्ष कमलराज तिमिल्सेनाद्धारा हस्ताक्षरित उक्त बक्तब्यमा प्रेस चौतारी नेपाललाई सदैव मार्गदर्शन गर्नुहुने सम्मानित ब्यक्तित्वजनमा आइपरेको शोकमा सवै शोकमग्न भएको वताउंदै बिष्ट र जिसी परिवारमा यो शोकलाई शक्तिमा बदल्ने शक्ति र आंट पैदा होस् भन्ने कामना गर्दै घटनाको सही अनुसन्धान र बिश्लेषण सम्बन्धित निकायबाट होस् भनी आग्रह समेत गरिएको छ । त्यस्तै पाल्पाबाट प्रकाशित हुंदै आएको पाल्पा समाचारपत्र साप्ताहिकले पनि आज एक प्रेस बक्तब्य जारी गर्दै घटनाप्रति दुःख ब्यक्त गरेको छ । पत्रिकाका प्रधानसम्पादक भगवान भण्डारी र सम्पादक यज्ञमूर्ति तिमिल्सिनाद्धारा हस्ताक्षरित बक्तब्यमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली, परिवारमा समवेदना र घाइतेको सीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग