Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन फँडानी रोकेपछी पानीको मुल बढ्यो

Published on 1:58:00 AM //


प्रेम सुनार
गुल्मी, १२ बैशाख । सुख्याममा पानीको मुहान सुक्नु प्रकृतिको नियम जस्तै मानिन्छ तर गुल्मी पुर्कोट दहका उपभोक्ताहरुले वन संरक्षण गर्न थालेपछि पानीको मुहान यति बेला बढेको छ । बढ्दो बन फँडानी र जथाभावी डोजरको प्रयोगसंगै पानीका मुहानहरु अन्यत्र सुकीरहेको बेला गुल्मी पूर्कोटदह गाविस ३ अन्तर्गतको काउलेपोखरी मजुवा सामुदायीक बनभित्र रहेको पानीको मुहान भने बढेको हो ।
बनमा झाडी सफाईँको क्रममा मुहान वरीपरीको जंगल नकाटेपछि गत तीनवर्षदेखि पानीको मुहान बढ्दै गएको पूर्कोट रेन्जपोष्टका छविलाल अर्यालले बताए । उनले थपे पानीको मुहानभन्दा ५० मिटर वरीपरी कुनै बनपैदावार संकलन र बन काटछाँट गर्न रोक लगाईएकोले पानीको मुहान बढेको हो । पहिला पहिला पानीका मुहानहरु सुख्यायाममा सुक्दै जाने गरेको भएपनि तीनवर्ष यता भने बढ्दै गएको स्थानिय समाज सेवी पृथ्वी कुँवरले बताए । गाउँलेले पानीको मुहान वरीपरी चरीचरण समेत बन्द गरेका छन् ।
सुख्या याममा पानीको मुहान बढ्ने गरेको आफूले पहिलो पटक देख्दा अचम्म लागेको पूर्कोटदहकै पुराना समाज सेवी पृथ्वी कुँवरले बताए । त्यस्तै गुल्मीको छापाहिलेमा प्रकृतिको ठिक विपरित वर्षायाममा सुक्ने र यो हिउँदमा उम्रीने बढो अचम्मको पानीको मुहान रहेको छ । हिउँदमा सुक्ने र चैत बैशाखमा बढ्ने भएका काराण छापाहिले गाविसको हिलेमा रहेको उक्त मुललाई स्थानियबासीले सदियौदेखि त्यसको नामकराण नै चैतेमुल राख्दै आएको स्थानिय शिक्षक प्रेमबहादुर खड्काले बताए ।‘उक्त चैते मुलको पानी यति बेला छयाल ब्याल छ अचम्मको कुरा त बर्षामा अन्यत्र छ्याल ब्याल हुँदा त्यो मुल सुक्छ’ खड्काले भने ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग