Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धुर माविको स्वर्ण महोत्सव सम्पन्न

Published on 12:11:00 AM //


पि.एम.मगर
गुल्मी, चैत्र ३१ । धुर माध्यमिक बिद्यालय धुर्कोट रजस्थल ३ गुल्मीको स्वर्ण महोत्सव सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निमबहादुर पाण्डेको अध्यक्षतामा तथा पुर्वमन्त्री टोप बहादुर रायमाझिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझिले युवा शक्ति बिदेश पलायन भईरहको अवस्थामा अहिलेको शिक्षा रोजगारी मुलक हुनपर्ने बताउनुभएको छ । साथै सरकारले मौलीक अधिकारको ग्यारेन्टी गर्दै ब्यवासायिक शिक्षा दिनुपर्नेमा जोड दिनुभएको थियो ।
आज तेस्रो दिनको समापन कार्यक्रममा एकीकृत नेकपा माओबादीका केन्द्रिय सदस्य बामदेव क्षेत्री, शिक्षा मन्त्रालयका उप निर्देशक बिष्णु बहादुर क्षेत्री, स्थानिय बिकास अधिकारी हरी प्रसाद ज्ञवाली, पुर्व शिक्षक लाल बहादुर जीसी, निमित्त जिल्ला शिक्षा अधिकारी बिष्णु ज्ञवाली, नेकपा माओबादीका बिरबहादुर कार्की, काङग्रसका दामोदर भुसाल, एमालेका कृष्ण बहादुर नेपाली, जनमोर्चाका भिमकान्त पन्थी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु खुमन अधिकारी, सपना गाहा, रामचन्द्र चन्द, रामजीकुमार नेपाली, नारायण सिंह नेपाली, राजुपरियार, हास्य कलाकार टिकाराम पोख्रेल लगायत स्वर्ण महोत्सवलाई रमाईलो बनाउनुभएको थियो । ज्ञान बहादुर नेपालीको स्वागत मन्तब्य रहेको कार्यक्रममा ददिराम खनालको संचालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग