Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटना एकको मृत्यु ६ घाइते

Published on 9:32:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २१ चैत । गुल्मीको खड्गकोट गाउँ विकास समितिबाट पूर्तिघाटतर्फ जाँदै गरेको लु १ ज १६७० नं. को जिप आज दिउँसो खड्गकोट गाविस ५ स्थिति बलेवा भन्ने ठाउँमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने थप ६ जना घाइते भएका छन् ।
​मृत्यु हुनेमा उक्त जिपका सह चालक पूर्तिघाट गाविस १ निवासी २१ वर्षीय आविष्कार श्रेष्ठ रहेका छन् । श्रेष्ठको उपचारको क्रममा मिर्मि स्थित स्थानीय स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभएको छ ।
​उक्त दुर्घटनामा परी घाइते हुनेहरुमा पूर्तिघाट २ निवासी चालक अनिल श्रेष्ठ, खड्गकोट ३ निवासी ४१ वर्षीय सावित्रा थापा, ३५ वर्षीय पुरुषोत्तम ज्ञवाली र निजका १५ वर्षीय छोरा विश्व ज्ञवाली, पूर्तिघाट १ निवासी २० वर्षीय सुमन श्रेष्ठ र सोही गाविस २ निवासी १२ वर्षीय बालिका विपना थापा रहेका छन् । घाइतेहरु मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनिहरुको अहिले मिर्मि स्थित स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको बताइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । जिप सडक देखि ५० मिटर तल खसेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग