Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीवाट एक घर जलेर नष्ट

Published on 9:44:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र २१ – गुल्मीको वाग्ला गाविस स्थित एक व्याक्तिको घरमा आगलागी भएको छ । वाग्ला गाविस वार्ड नं. ४, फूलवारी निवासी शिवलाल पराजुलीको घरमा आगलागी भई जलेर क्षतिग्रस्त भएको हो ।
बुधवार दिउँसो साढे १ वजेतिर लागेको आगो स्थानीयको प्रयासमा करिव २ घण्टापछि नियन्त्रणमा आएको थियो । स्थानीय युवराज पराजुलीको गोठको अगेनामा चौपायाँलाई पानी तताएपछि वाँकी रहेको आगो दिउँसो चलेको हावा हुरीले उडाई शिवलालको खरले छाएको घरको छानामा सल्किएको थियो । तल्लो तलामा रहेका सामानहरु वाहिर निकालेर स्थानीयले जोगाए पनि घरको माथिल्लो तल्लामा रहेका सामाग्रीहरु भने जलेर पुर्ण रुपमा नष्ट भएको रमेश पराजुलीले जानकारी दिनुभयो । आगलागीवाट भएको क्षतिको विवरण भने अझै एकिन भएको छैन । आगलागीको घटनावारे प्रहरीलाई जानकारी गराईएको उहाँले वताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग