Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाविस अनुदानका विषयमा अन्तर्कृया

Published on 5:57:00 PM //

प्रेम सुनार
चैत्र २०, गुल्मी । जिल्लाको दरवारदेविस्थानमा गाविस अनुदान खर्च रकम पुनरावलोकन तथा समुदायको सहभागिता विषायक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगत स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सहयोगमा एकिकृत ग्रामिण विकास समाज गुल्मीले संचालन गर्न लागेको कार्यक्रमको सो समाजले अन्तरकृया गरेको हो । समाजले स्थानीय निकायहरुको अनुदान खर्च रकम पुनरावलोकन तथा समुदायको सहभागिता सर्वेक्षण कार्यक्रमको वारेमा जानकारी गराउने उद्देश्यका साथ स्थानीय राजनीतिक दल, गाविस पदाधिकारी, वडा नागरिक मञ्च, लक्षित समुदाय लगायतका प्रतिनिधिहरुको वीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय स्तरमा गाविसको अनुदान रकमवाट संचालन भएका आयोजनाहरुको वारेमा छलफल गरिएको थियो । अन्तरकृया कार्यक्रममा गाविस सचिव, राजनीतिक दल तथा लक्षित समुदायका प्रतिनिधिहरुले गाविस अनुदान निर्देशिका अनुसार रकम विनियोजन र योजना संचालन गरिएको दावि गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि शेरवहादुर कार्कीले कार्यक्रम सकारात्मक भएको वताउदै गाविस अनुदान वाहेक राज्यले सिधै लगानी गरेका आयोजनाहरु पनि अनुगमन गर्नु पर्ने कुरामा जोड दिएका थिए । त्यस्तै राष्ट्रिय जनमोर्चाका गाविस अध्यक्ष शेरवहादुर खत्रीले गाविस अनुदानवाट संचालित आयोजनाहरुको प्रभावकारी संचालनका लागि सवै एकमत भएर जानुपर्ने बताएका थिए ।

दरवारदेविस्थान गाविस सचिव इन्द्रवहादुर खत्रीको अध्यक्षता, फोकल पर्सन कृष्ण विश्वकर्माको संचालन रहेको कार्यक्रममा, एकिकृत ग्रामिण विकास समाजकी कार्यक्रम संयोजक सीता भुसालले कार्यक्रमको बारेमा जानकारी गराएकी थिईन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग