Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन्दमा चलाएको भन्दै गुल्मीमा एक मोटरसाइकल नियन्त्रणमा

Published on 12:39:00 PM //

अनिल खत्री
गुल्मी, चैत्र २५ । नेकपा-माओवादीसहित ३३ दलले आहृवान गरेको नेपाल बन्दका कारण गुल्मीको जनजिवन प्रभाबित भएको छ । बन्दका कारण बजार, शिक्षण संस्था, कलकारखाना आदी ठप्प रहेका छन भने गुल्मीबाट छुट्ने छोटो तथा लामो दुरीका सवारीका साधन छुटन सकेका छैनन् । बन्दको बेला सवारी साधन चलाएको भन्दै आज बिहान गुल्मीको श्रृङ्गाबाट लु १२ प ९०४६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिईएको नेकपा-माओवादी गुल्मीका इन्चार्ज बिरबहादुर कार्कीले जानकारी दिनुभयो । नियन्त्रणमा लिएको मोटरसाइकल बेलुकी बन्द कार्यक्रम सकिएपछि फिर्ता गरिने समेत कार्कीले जानकारी दिनुभयो । बन्द बेलुकी ५ बजे सम्म रहने नेकपा-माओवादी गुल्मीले जनाएको छ ।
बन्दले गाडी नचलेपछी तम्घास बसपार्कमा थन्काईएका सवारी साधनहरु । तस्विर: अनिल खत्री

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग